एनआईसी बैंक गढवा शाखामा व्यवसायीद्वारा तालाबन्दी

दाङ समाचार
दाङ समाचार १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – एनआईसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएको छ । बैंककाे ज्यादति बिरुद्ध तालाबन्दी गरिएको हाे ।

व्यवसायीकाे इच्छाविपरीत जबरजस्ती रुपमा बस्तुकाे मुल्यनिर्धारण गरि लिलाम प्रकृया अघि बढाएकाे बिराेधमा तालाबन्दी गरिएको हाे ।

एनआईसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन कराेड कर्जा लिएका थिए । तर, बैंकले जग्गा र व्यवसाय लिलाम प्रकृयामा लगेपछी व्यवसाय सडकमा आएका हुन ।

महाशक्ति इन्टरप्राइजेचकाे नाममा कर्जा थियाे । तर, त्याे कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएकाे आराेप छ । दाङ उद्योग बाणिज्य संघकाे अगुवाइमा जिल्लाभरका उद्योग बाणिज्य संघकाे सहभागीतमाा तालाबन्दी गरिएको दाङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताउनु भयो ।

`तीन कराेड ३२ लाखकाे मुल्यांकन देखिन्छ । तर, तीन कराेड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ । जग्गा धिताेबाट मुल्यांकन पुग्ने देखिँदा देखिदै सपल र गाेतममा बैंकले शिल गर्याे´भुसालले भने-`लिलाम गर्दा सामानकाे स्थानीय मुल्यांकन गरिएन, हचुवाकाे भरमा सामान बिक्री गर्न थालियाे ।´

सुरुमा एक कराेड लगानी गरेकाे व्यवसायीलाई पछि थप दुई कराेड कर्जा लगानी गरिएको थियाे । कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेकाे आराेप छ । लिलाम भएको सामान लाेड गर्ने बेलामा व्यवसायीले राेकेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्