दाङ – लमही महोत्सवको मंगलबार छैठौं दिन पप गायक कमल खत्रीले दर्शकलाई छमछमी नचाएका छन् । जब स्टेजमा उक्लेर उनले आफ्ना गीत प्रस्तुत गर्न लागे तब दर्शकहरुले सातहमा साथ् दिएर गीत गाउदै र नाच्न थालेका हुन् ।
“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको सोमवार छैठौं दिन मुख्य आकर्षकको रुपमा रहेका पप गायक कमल खत्री रहेका थिए ।
आधा दर्जन बढि गीत गाएका उनले दर्शकहरुलाई नचाएका थिए । साँझ पर्नै आँटेपछि स्टेजमा प्रस्तुती दिएका गायक कमलले जब पप गीतका तानाबुना खोले तव दर्शक दिर्घा तात्न सुरु भयो । कार्यक्रममा सहभागी युवायुवतीहरुले उनको स्वरमा स्वर मिलाएर गीत गाएका थिए ।
जाउँला रेलैमा बोलको गीतबाट आफ्नो प्रस्तुतीको दैलो खोलेका गायक कमलले मायाँ लैलै बोलको गीतमा दर्शकहरु निकै नचाएका थिए । माया लैलै गित दर्शकलाई मन परेपछि दोहोराएर गाउन लगाएका थिए । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर नारायणी खत्री र सगरमाथा डान्स ग्रुप नेपालगञ्ज तथा जिके डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।
त्यसै गरि महोत्सवलाई कुशल सञ्चालक तथा गायक ढाकाराम पाैडेलले पनि विभिन्न गीत मार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए । हिजोको तुलनामा दर्शकको उपस्थिति बढेपछि महोत्सवमा राैनक फेरि बढ्न थालेको छ । यसै बीच महोत्सवमा बुधबार चर्चित लोक दोहोरी गायक रामजी खाँड, गायक तथा उद्घोषक ढाकाराम पाैडेल, गायक मोडल तथा उद्घोषक विजय पुन कलाकार दिपक बर्मा, अनुप बुढा लगायत स्थानीय कलाकारको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिनु भएको छ ।
महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्