राजपुरका महिलालाई स्वरोजगार बनाउन कटाई सिलाई तालिम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

दाङ – स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउनका लागि राजपुर गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५, मा तीन महिने आधारभुत कटाई सिकाई तालिम शुरु भएको छ । उक्त तालिमको उद्घाटन राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवि यादवले संयुक्त रुपमा गर्नु भएको हो ।

एउटा वडामा वीस जना महिला सहभागिता हुने गरि चारवटा वडाका असी जना महिलाहरुलाई यो सीप प्रदान गर्न आठ जना प्रशिक्षक खटाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले सीपले नै मानिसलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने बताउनु भयो । ‘अब महिला दिदिबहिनीहरु आफ्नै पौरखमा बाँच्न सक्नु पर्छ, अरुको मुख ताक्न हुन्न, तपाईंहरु के सिक्न चाहानु हुन्छ ? त्यो कुरा गाउँपालिकामा लिएर आउनुस हामी सम्बोधन गर्छौं’- अध्यक्ष बुढाथोकीले भन्नू भयो ।

त्यस्तै तालिम उद्घाटन गर्दै उपाध्यक्ष यादवले सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर गराउने पालिकाको उदेश्य रहेको बताउनु भयो । ‘चुलो र चौकामा मात्र सिमित भएका महिला दिदीबहिनीहरुको आयस्रोतको पाटोलाई यो तीन महिने कटाई सिलाई तालिमले बलियो बनाउन मद्दत गर्नेछ’- उहाँले भन्नू भयो ।’ पालिकाले महिलाहरुको लागि थुप्रै तालिमको व्यवस्था गरेको छ, हामी सबैलाई सीप सिकाएर सबैको आर्थिक स्थिति बलियो बनाउने छौं”- यादवले भन्नू भयो ।

No description available.

राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले तालिम दिने र तालिम पछि व्यवहारमा लागू नगर्दा राज्यको लगानी खेर गैरहेको भन्दै सीप सिकेर कहिँकति जोडिनु पर्ने कुरामा जोड दिनु भयो । समय अनुशार मानिसले आफ्नो व्यवहार परिवर्तन गर्दै लैजानु पर्ने बताउनु भयो । यो तीन महिने तालिम प्रयाप्त नहोला तर सीप सिकेर केही गर्छु भन्ने आत्मबल भएका महिलाहरुलाई केही सहज हुने उहाँको भनाई छ ।

No description available.

वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले अहिलेको समय भनेको सीपको समय हो, सीप भएन भने मान्छे पछि पर्छन, हर घरमा एक जना सीप सिकेको अनिवार्य भएको उहाँको भनाई छ । साथै एक घर एक रोजगार हुने गरि राज्यले कार्ययोजना ल्याउनु पर्छ’- उहाँले भन्नू भयो ।

No description available.

त्यस्तै राजपुर गाउँपालिका- ५ का वडा अध्यक्ष टंक बहादुर विष्टले अब महिलाहरु नेतृत्वमा आउनु पर्ने बताउनु भयो । बेरोजगार महिलालाई सीप सिकाएर सबैलाई आर्थिकसंग जोड्नु नै हाम्रो दायित्व हो”- वडा अध्यक्ष विष्टले भन्नू भयो । यो सीपलाई अवशरका रुपमा लिएर महिलाहरु अगाडी बढ्नु पर्ने वडा अध्यक्ष विष्टको भनाई छ ।

No description available.

राजपुर गाउँपालिकाले महिला बालबालिका, दलित, अपांग, गरिव जेहन्दार, पिछडा वर्गको उत्थानका लागि थुप्रै सीपमूलक तालिम गराउदै आएको छ । तालिम लिएका अधिकांश मानिसहरु अहिले आफ्नै पेशा व्यवसाय गरेर जिविका चलाई रहेका छन । भारतसंग सिमा जोडिएका नाकाका बस्तिहरुमा पनि विभिन्न तालिमहरु भैरहेका छन ।

No description available.

राजपुर गाउँपालिका- ५ का वडा अध्यक्ष टंक बहादुर विष्टको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक कमला पुलामीले गर्नुभएको थियो भने महिला विकास सहायक निरीक्षक सुनिता चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

No description available.

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्