कसको पोल्टामा जाला देउखुरी बहुमुखी क्याम्पसको स्ववियु ‘सभापति’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

दाङ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहि चैत्र ५ गते हुँदै छ । स्ववियु निर्वाचन हुने भएपछी यतिबेला देशका सबैजसो क्याम्पसमा चुनावी सरगर्मी बढेको छ । दाङका सबै क्याम्पसहरुमा राजनीतिक दलका भातृ संगठनका नामले चिनिएका विभिन्न विद्यार्थी संगठनहरुले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

लमहीको रातो डाँडामा रहेको देउखुरी बहुमुखी क्याम्पसमा पनि चुनावको माहोल तातिएको छ । विभिन्न संगठनका विद्यार्थीहरुले गठबन्धन गरि चुनाव प्रचारप्रसार गरिरहेका छन् । नेपाली कांग्रेस सम्बद्द नेपाल विद्यार्थी संघले शिशिर वलीलाई स्ववियुको सभापति बनाएर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रपा, स्वतन्त्र समूह नागरिक उन्मुक्ति, अनेरास्ववियु ( एकीकृत समाजवादी) सहितको प्यानल खडा गरेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्र सम्बद्द अखिल क्रान्तिकारीले भरत भुसाललाई अध्यक्ष बनाएर अखिल छैटौं जनमोर्चा, अनेरास्ववियु एमाले सहितको संयुक्त अखिल प्यानल खडा गरेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको उम्मेदवारी फिर्ता लिएर संयुक्त अखिलका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । आफ्नो संगठनका विद्यार्थी नेताहरुलाई चुनाव जिताउनका लागि यतिबेला नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जनमोर्चा, लगायत दलका नेताहरु सक्रिय रुपमा लागेका छन्

सभापतिहरुको छोटो परिचय –

सभापति शिशिर वली, नेवि संघ
बुवा हर्क बहादुर वली र आमा मीना वलीको कोखबाट विसं. २०५६ माघ २७ गते जन्मिएका शिशिर अहिले देउखुरी बहुमुखी क्याम्पसमा वीएड प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । नेपाली कांग्रेसको सिद्दान्त पछ्याउदै विद्यार्थी संघमा सक्रिय रहनु भएका वली यतिबेला तीन वटा विद्यार्थी संगठनलाई लिएर स्ववियु सभापति पद आफ्नो पक्षमा पार्नका लागि निकै मेहनतका साथ् लाग्नु भएको छ । नेवि संघको राजनीतिमा सक्रिय रहनु भएका शिशिरले आफुले निर्वाचन जिते क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हकहितका लागि लड्ने बताउनु भएको छ ।

अध्यक्ष भरत भुसाल, अखिल संयुक्त
विसं. २०५७ असोज २२ गते बुवा जेदु प्रसाद भुसाल र आमा इश्वरी भुसालको खोखबाट जन्मिनु भएका भरत भुसाल देउखुरी बहुमुखी क्याम्पस रातो डाँडामा विविएस चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ नेकपा माओवादी केन्द्र पृष्ठभूमि रहेको भुसाल स्ववियु निर्वाचनमा आफु अध्यक्ष पदमा निर्वाचित भए क्याम्पसको शैक्षिक सुधारमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । यो पटक आफुले चुनाव जित्नेमा पनि ढुक्क भएको उहाँको भनाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्