दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफ्नो परिवारको हरेक आवश्यकता पुरा गर्नका लागि अब प्रत्येक घरका एक महिला रोजगारसंग जोडिनै पर्ने कुरामा उहाँले जोड दिनु भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले बुधबार लमहीमा आयोजना गरेको उद्दमशिलता विकास तथा वित्तीय साक्षरता विषयक १ दिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख योगीले महिलाहरु ईमान्दार हुने भएकाले पनि उनिहरुमा आर्थिक पारदर्शिता पनि उतिकै हुने बताउनु भयो ।
महिलाहरु स्वाभिमान भएर बाँच्न सक्ने हुनु पर्ने भन्दै त्यसका लागि महिलाहरु उद्यमसंग जाेडिनु अहिलेको आवश्यकता रहेको बताउनु भयो । हरेक पुरुषको सफलतामा एउटा महिलाको महत्वपुर्ण साथ् सहयोग हुने कुराको स्मरण गर्दै उहाँले महिलाहरुमा लगनशिलता तथा धैर्यता हुन पनि जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा उद्यमसिलता विकास कसरी गर्न सकिन्छ ? याेजना , तरिका तथा वित्तिय साक्षरताका विविध विषयमा सहभागीहरुमा जानकारी गराइएको थियाे । २०६० सालमा स्थापना भएको जाल्पा सामुदायिक संस्थामा नेपाल भर कुल १ लाख वचत कर्ता रहेका छन भने दाङ जिल्लामा मात्रै १० हजारभन्दा बढि बचतकर्ताहरु रहेका छन् ।
देउखुरी क्षेत्रमा यो संस्थाका चार वटा शाखा लमही, गढवा, राजपुर र भालुवाङ बाट सेवा प्रबाह गरिरहेका छन्। कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश इन्चार्ज पवन योगी, कार्यकारी निर्देशन विमला योगी लगायतले प्रशिक्षण दिनु भएको थियो ।
संस्थाका कार्यकारी निर्देशक विमला याेगीकाे अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे । दाङ शाखा इन्चार्ज खगा भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमकाे सहजीकरण संस्थाका लमही शाखा प्रमुख पुष्पा पुलामीले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्