अफगानिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, दिल्लीसम्म कडा धक्का

दाङ समाचार
दाङ समाचार ७ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – अफगानिस्तान केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । हिन्दु कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको कडा धक्का भारतको राजधानी दिल्लीमा महसुस गरिएको छ । यस्तै नोएडा, गाजियावाद लगायतका कैयन स्थानमा पनि धक्का महसुस भएको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्