दाङ – प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले नदीजन्य पर्दाथको अवैध उत्खनन र चोरी निकासी रोक्न स्थानीय सरकार नै बढी सक्रिय हुनु पर्ने बताउनु भयो । देउखुरी उद्योग वाणिज्य संघ लमहीले शुक्रबार लमहीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले ईआईएको रिपोर्ट अनुसार ठेक्का लागेका स्थानबाट मात्र नदिजन्य पर्दाथ निकाल्न निर्माण व्यवसायी र ठेकेदारहरुलाई आग्रह गर्नुभयो ।
नदि नाला र नदिजन्य पर्दाथ स्थानीय सरकारको सम्पत्ती हो । त्यसको सरक्षण र सहि उपयोग गर्ने पहिलो दायित्व पनि स्थानीय सरकारकै हुन्छ प्रजिअ वैद्यले भन्नु भयो । व्यवसायीहरुको सुरक्षाको लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको भन्दै सुरक्षित बाताबरण बिना सानाठुला जुन सुकै उद्योग व्यवसाय फस्टाउन र संचालन हुन सक्दैन, यहाँहरुको सुरक्षाका लागि हामी साथमा छौं’- उहाँले भन्नु भयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीर बहादुर ओलीले व्यवसायीहरुको सुरक्षाका लागि दाङ प्रहरी कटिबद्ध भएको बताउनु भयो । देउखुरी उद्योग वाणिज्य संघ लमहीले शुक्रबार लमहीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ओलीले निजि क्षेत्रका सबै व्यवसायीहरुलाई ढुक्क भएर आफ्नो उद्योग संचालन गर्न र केहि समस्या भए प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नु भयो । कहिँ कतैबाट व्यापारीलाई डर, धम्की आउने त्रसित गराउने जोकोहीलाई पनि कानूनी दायरामा लिएर कारबाही गर्ने उहाँको भनाई छ ।
स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निर्वतमान उपाध्यक्ष लिला शाह, नेकपा माओवादी केन्द्रका लमही नगर इन्चार्ज बसन्तराज शर्मा लगायतले बोल्नु भएको थियो।
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख सुशील वैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीर बहादुर ओली, राष्ट्रिय अनुशन्धान दाङका प्रमुख केशव न्यौपाने, सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख एसपी गोपाल श्रेष्ठ, नम्बर ४१ रिजर्भ गण अर्जुनखोला ( कपिलवस्तु) का एसपी सुशील कुमार पराजुली, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका वरिष्ठ प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर ऐर लगायतलाई स्वागत गरेको हो ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले स्वागत राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्