धनुषामा धमाधम पक्राउ पर्दै फरार प्रतिवादीहरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल प्रहरीका उच्च अधिकृत विश्वराज खड्का जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड सम्हालेर त्यहाँ पुगेपछि जिल्लाको सुरक्षा व्यवस्थामा निकै कडाईका साथ लागु भएको छ । प्रहरी प्रमुख भएर धनुषा पुगे लगत्तै जिल्लामा हुने विभिन्न खालका घटनाहरुमा कमि आएको स्थानीयहरुको भनाई छ ।

विभिन्न मुद्दा लागि फरार भएका प्रतिवादीहरु दिनहुँ जसो धमाधम पक्राउ परिरहेका छन। प्रहरी प्रमुख खड्का भन्नु हुन्छ’- अपराध गर्नेहरु देश बाहिर भागेर गएपनि इन्टरपोलका सहायताबाट अपराधीलाई नेपाल झिकाएर कानूनी कारबाही गर्छौं -‘।

धनुषा प्रहरीले विभिन्न मुद्दा लागि फरार भएका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतमा रहेका प्रहरी चौकी बहेडावेला, लक्ष्मिनिया, ठाडिझिझा, कपिलेश्वर धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धनुषामा पठाईएको प्रहरी प्रमुख खड्काले बताउनु भयो । मुद्दा लागेर फरार भएका थुप्रै अपराधीहरु छन, उनीहरु बिस्तारै सबै प्रहरीको नियन्त्रणमा आउने उहाँको भनाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्