दाङ – लमहीको रातो डांडामा रहेको सिद्दार्थ होटल ग्रिन लुम्बिनीले ग्राहकका लागि फेरी अर्को सेवा सुचारु गरेको छ । मानव शरीरलाई स्वस्थ राख्नका लागि आवश्यक पर्ने ‘स्पा’ अर्थात शरीर मसाज गर्ने सेन्टरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
‘स्पा’ को उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले खानपान संगसंगै मानव जीवनका लागि मसाज उतिक्कै आवश्यकता भएको बताउनु भयो। समयको गतिशिलता र समय परिवर्तन हुँदै गएकोले मानिस अल्छी बन्दै गएको कुरामा जोड दिंदै नगर प्रमुख चौधरीले लामो समय स्वस्थ रहनका लागि शारीरिक व्यायाम गर्न जरुरि रहेको बताउनु भयो ।
सिद्दार्थ होटलले आजदेखि संचालन गरेको ‘स्पा’ मा शरीरको सम्पूर्ण भाग दक्ष व्यक्ति बाट मसाज गर्न सकिने छ । बिहान दश बजे देखि राति आठ बजे सम्म ‘स्पा’ खुल्ला रहने सिद्दार्थ होटल ग्रिन लुम्बिनी लमहीका अप्रेसन म्यानेजर खीमप्रसाद खनालले जानकारी दिनु भयो । उहाँका अनुशार एक पटक २ देखि ४ जनाको सहजै ‘स्पा’ गर्न सकिन्छ ।
लमहीमा स्थापना भएको छोटो समयमा सिद्दार्थ होटल ग्रिन लुम्बिनीले सेवाग्राहीको मन जित्न सफल भएको छ । होटल परिसरमा स्विमिंग पुलको व्यस्था छ भने झन्डै एक हजार बढी मानिस अट्न सक्ने क्षमता भएको ‘राप्ती हल’ रहेको छ भने उक्त हालको मुनि करिव तीन सय मानिस अट्न सक्ने दोस्रो ठुलो ‘आंचल हल’ रहेको छ ।
होटल परिसरको दृश्यहरु आकर्षक भएका कारण युवा युवतीहरु टिकटक बनाउनका लागि पुग्ने गर्दछन । प्रत्येक दिन जसो कार्यक्रमहरु भैरहेका हुन्छन । पछिल्लो समय सिद्दार्थ होटल ग्रिन लुम्बिनी लमही सेवाग्राहीको पहिलो रोजाईमा परेको छ । त्यहाँको सजि सजावटले गर्दा पनि आगन्तुकहरुको मन तान्ने गरेको छ ।
सिद्दार्थ होटल ग्रिन लुम्बिनीले लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बाँकेको नेपालगंजमा सेवा बिस्तार गरेको अप्रेसन म्यानेजर खनालले जानकारी दिनु भयो ।
के हो ‘स्पा’ ? के के गरिन्छ ?
पानीबाट गरिने उपचार पद्धतिलाई बोलीचालीको भाषामा ‘स्पा’ पनि भनिन्छ । यो सालस पर एक्युम ( salus per acum ) को छोटकरी रुप पनि हो । ‘स्पा’ उपचार पद्धति नौलो लागेपनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । समाज विकासका क्रममा स्वास्थ्यकर्मी थिएनन्, चिकित्सक थिएनन । तर पनि मानिसहरु बिरामी भइरहन्थे । त्यसको उपचारका लागि प्राकृतिक पद्धति अपनाइन्थ्यो । लडाईंका क्रममा घाउचोट लाग्थ्यो । त्यसका लागि पानीमा प्राकृतिक जडिबुटीहरु मिसाएर पिउने चलन थियो । तातो पानी या चिसोपानी दुवै प्रयोग गर्ने चलन थियो ।

कुनैबेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत् उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । खासगरी खनिज तत्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो । अहिले पनि नेपालका विभिन्न ठाउँमा पनि यस्ता स्वास्थ्यका लागि उपयोगी हुने खालका झरना छन् ।
‘स्पा’ यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । ‘स्पा’ पहिले उपचार पद्धति थियो । बदलिँदो सँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ । सामान्यतः ‘स्पा’ ३ घण्टाको प्याकेज हुन्छ । साउन स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाजजस्ता हुन्छन् । स्पाभित्र हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, नेल स्पा, स्किन स्पा तथा बडीस्पा पर्छन् ।

‘स्पा’ मसाज भनेर गलत हिसाबले बुझ्ने परिपाटी छ हाम्रो समाजमा । तर यो आयुर्वेदिक पद्धतिबाट गरिने उपचार विधि नै हो । स्पाले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । ‘स्पा’ ले रक्तसञ्चार बढाउँछ, रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, थकान कम गराउँछ, खानामा रुची जगाउँछ, निन्द्रा लगाउन मद्दत गर्छ । शरीर झमझम गरेमा मसाजले ताजा महसुस गराउँछ ।
जोर्नी दुखेको छ, अनिद्राको समस्या छ, सानो–सानो कुरामा आत्तिने बानी छ भने ‘स्पा’ ले ‘स्पा’ ले स्नायु प्रणालीलाई पुनर्ताजा बनाउँछ र यस्ता समस्या निको पार्न मद्दत गर्छ । ‘स्पा’ व्यस्तलाई सन्तुलित राख्ने उत्तम विधि हो । यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहीत, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो ।
तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहन्नुहुन्छ भने पनि ‘स्पा’ एकदम उपयुक्त माध्यम हो । यसबाट शरीरका हरेक क्षिद्र खुल्छन र शरीरमा भएका विषादी बाहिर निस्कन्छन् । यसबाट नशा च्यापिएको, ढाड दुखेकोजस्ता थुप्रै समस्याबाट राहत मिल्छ ।
शिरोधारा, कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, साउना, फ्रुट फेसियल, बडी, स्क्रब, हट स्टोन मसाज, डिप सेन्स मसाज, फुट बाथलगायत पर्छन् ती सबैका आ–आफ्नै महत्व छन् ।
मानिसहरु शरीरमा कुनै न कुनै समस्या लिएर आउछन् । कुनै टाउको मात्र मसाज गराउन चाहन्छन्, कोही खुट्टाको त कोही सबै शरीरको मसाज गराउन चाहन्छन् । ‘स्पा’ ले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।

प्रतिक्रिया दिनुहोस्