भन्सार छलेर नेपाल ल्याउदै गरेको अवैध सामान धनुषा प्रहरीको नियन्त्रणमा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ– धनुषा प्रहरीले भन्सार छलेर लिएको दस लाख बढिको सामान नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ट्याक्टरलाई धनुषाको मुखियापट्टी मुसहर्निया गापा-३ स्थित सडकखण्डमा प्रहरी चौकी तुल्सियाही प्रहरीले ट्याक्टर सहित एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

महोत्तरी मनरासिस्वा नगरपालिका- ६ बस्ने वर्ष ३४ को बैजनाथ मण्डल सवार रहेको कागजत पत्र नभएको ज.२ त ८९३ नं. को ट्याक्टरमा दश लाख सन्तानब्बे हजार बराबरको सिमेन्टको टाली भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गर्दा सो सामान नियन्त्रणमा लिईएको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।

ट्याक्टर सहित नियन्त्रणमा रहेका मण्डललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्