निशुल्क सोलार बत्ती पाउँदा लामखोलावासी खुशी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ बैशाख २०८०, शनिबार
3 Min Read
Aa

दाङ – राप्ती गाउँपालिका –९ लामखोलाका हिरालाल घर्ती निकै खुशी हुनु भएको छ । सधैभरि टुकी बत्ती बालेर रात गुजार्नु भएका घर्तीले अब सोलार बत्तीको उज्यालो पाउनु हुने भएपछी खुशी हुनु भएको हो । “पुस्तौंपुस्ता देखि अध्यारोमा बसेर जिविका चलाइयो, हाम्रा ति दःुखका दिन गए”– घर्तीले भन्नु भयो । जंगलको झर्को (दियालो) बालेर पनि रात कटाएको उदाहरण छ उहाँले भन्नु भयो ।

त्यस्तै सोहि गाउँका परशुराम गाहा मगर भन्नु हुन्छ’– बल्ल राज्यले हाम्रो दुःख बुझेछ’–। कति वर्ष बित्यो जंगलमा पाइने झर्को (दियालो) बालेर, कहिले टुकी बत्तीको साहारा लियौं, तर अब सजिलो हुने उहाँको भनाई छ । निशुल्क सोलार पाउँदा खुशी भएको कुरा गाहा मगरले सुनाउनु भयो ।

लामखोलाकै नोक बहादुर टेङी मगरको घरमा पनि यो पटक राज्यले निशुल्क सोलार बत्ती जडान गर्दिएको छ । घरमा बत्ती बाल्न, टर्च लाइट, मोबाइल चार्जर गर्न अब अर्को गाउँसम्म जानु पर्ने बाध्यता हटेको उहाँले बताउनु भयो । गाउँमा बत्ती नहुँदा प्लाष्टिकमा पोको पारेर २ घण्टा हिडेर अर्को गाउँमा चार्ज गर्न जानु पर्थ्यो, कहिलेकाँही त बत्ती नहुँदा रित्तै फर्किनु पर्थ्यो’– टेङी मगरले भन्नु भयो ।

राप्ती गाउँपालिका– ९ लामखोलाका अर्का स्थानीय हुर्मत घर्ती मगरले यो सोलार बत्ती दिगो नभएको भन्दै छिटो भन्दा छिटो विद्युत बिस्तार गर्दिनका लागि स्थानीय सरकारले चासो राख्दिनु पर्ने बताउनु भयो । यो सोलारले वर्षायाममा काम नदिने उहाँको भनाई छ । वर्षामा पानी पर्ने र घाम नलाग्ने समस्या हुने हुँदा यो सोलारले अस्थायी सेवा मात्र दिन्छ, त्यसकारण अब राज्यले विद्युतको लागि कार्यक्रम लागु गर्नु पर्छ”– उहाँले भन्नु भयो ।

वडा नम्बर ९ भौगोलिक हिसाबले अत्यन्तै विकट छ । विकट वडाको झनै विकट गाउँका रुपले चिनिने लामखोलामा १३ घरपरिवारको बसोबास छ । भौगोलिक हिसाबले विकटता भएका कारण यहाँका स्थानीयले राज्यबाट प्राप्त हुने कुनै पनि आधारभूत सेवा पाउन सकेका छैनन् । यहाँ खानेपानीको पनि समस्या छ । यहाँका स्थानीयले लेवासेखोलाको पानी पिउंदै आएका छन् ।

लामखोला खोचं जस्तो बस्ति छ, त्यसकारण चाहेर पनि विकास गर्न सकिएको छैन’– वडा नम्बर ९ का वडाअध्यक्ष रिम बहादुर सुनारी मगरले भन्नु भयो । आगामी वर्षमा बजेटको बन्दोबस्त गरेर वडा नम्बर ५ को पुनखोला, दमारे हुँदै लामखोलासम्म विद्युत लैजाने योजनामा रहेको वडा अध्यक्ष मगरको भनाई छ । वडाको जम्मा ४०÷५० लाख बजेट हुन्छ, यो बजेटले सबै काम गर्न सकिएको छैन, तर हाम्रो प्रयास जारि छ–” उहाँले भन्नु भयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्