दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले भोलि १० गते हुन गैरहेको निर्वाचनमा राष्ट्रिय ठुला दलहरु पराजित हुने ठोकुवा गर्नु भयो । उपनिर्वाचन हुन लागेका बारा, चितवन र तनहुँ जिल्लामा घन्टी बजाएर देखाई दिने समेत दावी गर्नु भयो । जनता छल्ने, ढाट्ने, नाताबाद, कृपाबाद गरेर कालो धन कुम्ल्याएर राजनीतिक गरेका नेताहरुलाई जनताले राम्रोसंग चिनेका छन्, अब तिन वटै जिल्लाका जनताले सबक सिकाइ दिने समेत उहाँको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा सवार रहेको गाडीमाथि तोडफोड हुनु नै हारको उपज भएको उहाँको भनाई छ । थोरै दिन सरकारमा रहेर पनि रास्वपाले राम्रा कामहरु गरेको उल्लेख गर्दै फेरी पनि जनताको मतले रास्वपा सरकारमा जाने र जनताको सेवा गर्ने बताउनु भयो ।
चुनाव हार्ने निश्चित भएपछी रास्वपालाई विभिन्न आरोप लगाउने, विभिन्न आक्षेप लगाएर विवादित गराउने जस्ता कुकार्य गरेको बताउँदै उहाँले जुनसुकै परिस्थितिमा पनि पार्टी सभापति रवी लामिछानेले चुनाव जितेरै छोड्ने दावी गर्नु भयो ।
पुस्तौं देखि साम्राज्य जमाएर राज गरिरहेका सामान्तहरुलाई हिजो उदाएको रास्वपा टाउको दुखाईको विषय भएको जिकिर गर्दै लुम्बिनी प्रदेशका सभापति पाठकले रवीले चुनाव जिते आफुहरुको राजनीतिक ‘कोल्याप्स’ हुने भएकोले छलकपट गरेर भएपनि चुनाव आफ्नो पक्षमा पार्न तल्लिन भएको आरोप लगाउनु भयो ।
यसै विच सभापति पाठकको प्रमुख आतिथ्यतामा राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिले आज शनिबार समसामयिक विषयमा छलफल गरिएको छ । पार्टीका लमही नगर सभापति शिवलाल भण्डारीको सभापतित्व एवम लुम्बिनी प्रदेश सभा सदस्य देवराज पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिमा पार्टीको विभिन्न बिभाग गठन गर्नु पर्ने भएकोले छलफल डाकिएको लुम्बिनी प्रदेशका प्रेस प्रवक्ता जमिर शाहले जानकारी दिनु भयो। यहि बैशाख १६ गते लमही नगर समितिको बैठक बसेर विभागलाई पूर्णता दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्