‘हिनौना’ को व्यापारबाट दैनिक ४ हजार आम्दानी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ बैशाख २०८०, मंगलवार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका –४ ठुलो घुम्नाका कृषक महिलाहरु यतिबेला ‘हिनौना’ (खरबुजा) बेच्नमा व्यस्त छन् । एक दिन अगाडी साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासंगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका कृषक महिलाहरुको यो हिजआजको दैनिकी हो ।

यी कृषक महिलाहरु लमही – गढवा सडक खण्डको छेउमा हिनौना र तरकारी बिक्री गर्नका लागि लस्करै बसेका हुन्छन । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरुले बिभिन्न जातका तरकारी उत्पादन गरेका छन । तरकारीका साथसाथै यतिबेला ति किसानका बारीमा हिनौना (खरभुजा) लटरम्म फलेका छन् । पुस महिनामा रोपेको ‘हिनौना’ चैतमा तयार हुन्छ । मानव स्वास्थ्यका लागि अति उत्तम मानिने हिनौना देउखुरी क्षेत्रको लोकप्रीय फलफूलमा पर्दछ ।

लमही नगरपालिका –४ ठुलो घुम्नाका किसान देव कुमारी चौधरीले २ कट्ठा जमिनमा बगर खेति गर्नु भएको छ । उहाँको बगर खेतीमा एउटै ‘हिनौना’ ८ किल्लो सम्म तौल भएको फलेको छ । उहाँले ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरि रहनु भएको छ । अघिल्लो वर्ष ३५ हजार जति आम्दानी गरेको थिए, यो पटक हेरौं कति हुन्छ’– उहाँले भन्नु भयो ।

सडक छेउमा बसेर व्यापार गर्ने यहाँका जम्मै किसानले तरकारीको एउटै मुल्य तोक्ने गरेका हुन्छन । हिनौना ४० रुपैयाँ किलो, फर्सी ३० रुपैया किलो, करेला ५० रुपैयाँ किलो, लौका ३० रुपैयाँ किलो, भिन्डी १०० रुपैयाँ किलो, काँक्रा ६० रुपैयाँ किलो, बोरी १२० रुपैया किलो, टमाटर २० रुपैयाँ प्रति किलोमा बिक्री भैरहेको छ ।

सडकको छेउमा बसेर यी कम्तिमा पनि ३ हजार देखि माथि आम्दानी गर्ने गरेको कृषक हरिलाल चौधरीले बताउनु भयो । एक घर परिवारले ८ देखि १० कट्ठा सम्ममा बगर खेती गर्ने किसानहरु पनि छन् । उनीहरुले मङ्सिर देखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । त्यसपछि वर्षायाम शुरु भयो भने त्यो ठाउँमा राप्ती नदि बग्ने गर्दछ ।

मलिलो माटो भन्दा बालुवाको मात्रा बढी भएको जमिनमा यो ‘हिनौना’ फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्रायः थारु समुदायका किसानले यो खेति गर्ने गर्दछन । बालुमामा फल्ने भएकोले सिंचाई भने अलि बढी गर्नु पर्ने किसानहरुको अनुभव छ ।

त्यस्तै लमही नगरपालिका–४ ठुलो घुम्नाकै पुतली चौधरीले ‘हिनौना बिक्री गरेर अघिल्लो वर्ष दस हजार आम्दानी गरेको बताउनु भयो । पहिले पनि एक कट्ठामै लगाएकोले आम्दानी थोरै भएको र अहिले पनि १ कट्ठामा लगाएको छु त्यहि भएर आम्दानी पनि थोरै होला’– पुतलीले भन्नु भयो ।

लमही नगरपालिका– ४ ठुलो घुम्नामा झन्डै २ सय घरधुरी जति कृषकले बगरमा तरकारी र हिनौना खेती गरेका छन् । राती अन्य गाउँबाट मान्छेहरु आएर चोरेर लग्दिने भएकोले हिनौनाको सिजन नसकिंदासम्म स–साना झुप्रो बनाएर घरका पुरुषहरु बगरमै सुत्ने गर्दछन ।

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्