दाङबाट डिभिजन कमान्डर मास्की मन्त्री बन्दै

दाङ समाचार
दाङ समाचार १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सरकारमा धनबहादुर मास्की(राजेश) मन्त्री बन्ने भएका छन् । दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित मास्कीले आज (शुक्रबार) शपथ ग्रहण गर्दैछन् । मास्की जनयुद्धका डिभिजन कमाण्डर हुन् ।

मुख्यमन्त्रीसहित चारजनाले आज शपथ ग्रहण गर्दैछन् । माओवादीबाट मास्की र धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री बन्दैछन् । उनीहरुको मन्त्रालय भने अझै टुंगिएको छैन ।

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई नियुक्त गरिएको थियो । उनले अहिले केही समयमा सपथ ग्रहण गर्दैछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्