ब्याटमिन्टनप्रति युवाहरुको आकर्षण बढ्दो

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ जेष्ठ २०८०, सोमबार
4 Min Read
Aa

दाङ – लमही का युवा व्यवसायी कमलजंग सिंह ठकुरी ब्याटमिन्टन खेलाडी हुन् । उनि विगत देखिनै उक्त खेल खेल्दै आएका छन् । हरेक दिन ब्याटमिन्टन खेलेर धेरै स्फुर्ती पनी थपिदिएको उनले बताए । ठकुरी ब्याटमिन्टन खेलेरै आफुलाइ फिट एण्ड फाइन राख्न सफल भएको बताउछन ।

अग्लो शरिर हेर्दा लाग्छ उनले भर्खर युवा अबस्थामा प्रवेश गर्दै हुनुहुन्छ । उनले साथीहरूको प्रेरणाले ब्याटमिन्टनमा होमीएको बताए । उनले भने,–। ‘मैले १० बर्षदेखी रेगुलर ब्याटमिन्टन खेलीरहेका कारण मलाइ कुनै रोग लागेको छैन । त्यसैले बढ्दो उमेरमा पनी आफुलाइ मेन्टेन गर्न सफल भएको छु ।’ यो खेल नखेल्दा शरिर मोटो थियो । अल्छि धेरै लाग्ने गर्दथ्यो ।

ठकुरी मात्रै होइन, लमही नगरपालिका वडा नम्बर ५ कृष्ण नेपाली पनि ब्याटमिन्टन खेलेरै आफुलाइ फिट राख्न सफल हुनुभएको छ । बर्षदेखीको ब्याडमिन्टन मोहले उनलाइ लोभ्भाइसकेको छ । नेपाली लमही नगरपालिकामा कार्यरत कर्मचारी पनि हुनुहुन्छ । अफिसियल तनाबलाइ मुक्त गर्न पनी ब्याडमिन्टन खेलले सहयोग पुगेको उनले बताए।

नियमित बिहानै उठ्ने बानी परिसक्यो, उनले भने,–। ‘बिहानको फ्रेस मुडमा खेल्दा छुट्टै आनन्द आउछ ।’ लमही नगर विकास समितिले ९२ लाखको लागतमा सम्पन्न गरि लमहीको रातो डाँडामा ब्याटमिन्टन कबडहल स्थापना गरेको छ । उक्त कबडहल भित्र रहेको तीनवटा कोर्टमा ब्यबसायदेखी जागीरसम्मको तनाब मुक्त गर्न प्रहरी, स्थानीय, विभिन्न कार्यालयका कर्मचारी देखी राजनीतिककर्मीहरु पनी ब्याटमिन्टन कोर्ट धाउने गरेका छन् ।

नगर विकास समितिले गत माघ महिना देखि नै संचालनमा ल्याएको कबडहलमा एकै पटक तीनवटा समुह खेल्न सक्ने गरेको लमही नगर विकास समितिका सव–ईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिए। कबडहलमा अहिले दिनहुँ ८० जना खेलाडीले कोर्टमा ब्याटमिन्टन खेल खेलीरहेको छन् । एउटा कोर्टमा चारजना खेलाडी खेल्न सकिनेछ । कबडहल भित्र कार्यक्रम संचालनको लागि एउटा मञ्च स्थानीय समेत गरिएको छ । कबडहल भित्र महिला र पुरूष शौचालय निर्माण गरिएको छ ।

कबडहल भित्रै क्यान्टिङ्को व्यवस्था गरिएको छ भने व्यवस्थित पार्किङको व्यवस्था रहेको छ । मासिक दशहजार दुईसय पचास रूपैयाँ लमही नगर विकास समितिलाई दिने गरि देउखुरी ब्याटमिन्टन क्लबले कबडहल पाँचवर्षको लागि ठेक्कामा लिएको समितिका सव–ईञ्जिनियर अर्यालले जानकारी दिए ।

शरिर स्वच्छ राख्नको निम्ति खेल्ने गरेको ब्याटमिन्टन खेलाडीहरुले बताउने गरेका छन् । कबडहल हुनुभन्दा पहिले खेलाडीहरु विभिन्न खाली स्थानमा अस्थायी कोर्ट बनाएर ब्याटमिन्टन खेल्दै आइरहेका थिए । लमहीमा कबडहल निर्माण भइसकेपछि अहिले त्यो समस्या पूर्णरुपमा अन्त्य भएको देउखुरी ब्याटमिन्टन क्लवका अध्यक्ष प्रदिप रानाले बताए । उनले पहिलेको तुलनामा खेलाडीहरुलाई कबडहरुल निर्माणपछि धेरै सहज भएको र यसले खोलाडीहरुलाई ब्याटमिन्टन खेलप्रति धेरै उत्साह थपेको बताए ।

गाउँ-गाउँमा ब्याडमिन्टन

देउखुरीका विभिन्न गाउँगाउँमा ब्याडमिन्टन क्रेज बढ्दै गएको छ । ब्याडमिन्टन प्रति थप रुचि बढाए पनि पर्याप्त पूर्वाधार अभावमा खेलाडीहरू खुला चौरमा ‘इन्डोर गेम’ खेल्न बाध्य छन् । देउखुरीका अधिकांश पालिकामा बालबालिकादेखि ज्येष्ठ नागरिकमा क्रेज बढिरहेको छ । स्वास्थ्य तन्दुरुस्ती बढाउने भएकाले पछिल्लो समय ब्याडमिन्टन खेल्नेहरू बढिरहेको देउखुरी ब्याडमिन्टन क्लवका अध्यक्ष प्रदिप रानाले बताए ।

‘विश्वमै क्रेज बढिरहेकाले पनि देउखुरीको विभिन्न क्षेत्रमा पनि यसको प्रभाव परेको छ, उनले भने, ‘अहिले जताततैबाट लमहीको कबडहलमा ब्याडमिन्टन खेल्नको लागि खेलाडीहरु आउने गरेका छन् । गाउँ—गाउँमा खेलाडी उत्पादन भइरहेका छन् ।’ यता लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी बिनोद बुढाथोकीले गेम खेले दिनभर माइन्ड फ्रेस हुने बताउनुभयो । उहाँले खेलले शरीरका सबै अंगहरूको एक्ससाइज हुने भएकाले ब्याडमिन्टन सबैका लागि उपयोगी रहेको बताए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्