दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक कार्यक्रम अन्तरगत लमही खानेपानी संस्थाको क्षेत्रभित्र पर्ने उपभोक्ताहरुलाई खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धी एकहप्ते अभियानको शनिवार लमही नगरपालिका – ३ स्थित नारायणपुरबाट अभियान सुरुवात गरिएको छ ।
खानेपानी संस्थाको उपाध्यक्ष सितादेबि चौधरीको अध्यक्षता एवम् संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको प्रमुख अतिथिमा नारायणपुर क्षेत्रभित्र पर्ने नारायणेश्वर टोल विकास समिति उपभोक्ताको बिचमा खानेपानी सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भन्दै जनतालाई शुद्ध खानेपानी खुवाउनु हाम्रो प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले खानेपानी पाईप लाईन, मुलदेखी मुहानसम्म पानीलाई शुद्ध सरसफाइ राख्ने कुरा सम्पूर्ण प्रतिवद्ध भए मात्र खानेपानीको सुरक्षा हुने र उपभोक्ताले शुद्ध खानेपानी पीउन पाउने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा संस्थाको उपाध्यक्ष सितादेवि चौधरीले आफूहरूको मुख्य प्राथमिकता खानेपानी सुविधा दिनु रहेको बताउनुभयो । उहाँले जनता र आम उपभोक्तालाई स्वाच्छ र सफा पानी दिनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले जनताको घरमा शुद्ध खानेपानी ल्याउन सफल भएको भन्दै जनतालाई आफ्नो कार्यकालमा पानी खुवाउन आफूले डटेर काम गर्ने वाचा पुरा हुदैँ जान थालेको बताउनुभयो ।
यस्तै कार्यक्रममा खानेपानी सुरक्षा समितीका सदस्य लमही अस्पतालका प्रसासन प्रमुख अधिकृत हरि खनालले पानीको मुलदेखी मुहानसम्म शुद्ध खानेपानी पिउनका लागि हामिले गर्नु पर्ने दायित्व जिम्मेवारी पाईप लाईन सुरक्षा, पानि दुषित भएमा लाग्न सक्ने रोग हरू, पानी शुद्धीकरण गर्ने विधिहरूका बारेमा उपस्थिति सम्पूर्ण उपभोक्ताहरुलाई प्रशिक्षण गर्नु भएको थियो ।
नारायणश्वेर टोल विकास समितिका अध्यक्ष नरबहादुर चौधरीले लमही खानेपानी संस्थाले उपभोक्तालाई हालसम्म शुद्ध खानेपानी खुवाउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले अरु विकासभन्दा अहिलेलाई नियमित पानी पठाउने नेतृत्व चाहिएको बताउनुभयो । कार्यक्रममा संस्थाका सदस्य जगनारायण चौधरीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्