क्षमता विकास तथा दुई दिने अभिमुखिकरण कार्यशाला सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई क्षमता विकास तथा दुई दिने अभिमुखिकरण कार्यशाला तालिम प्रदान गरिएको छ ।

कार्यशाला तालिममा विद्यालय शिक्षा सम्बन्धि संघीय एवम् स्थानीय तहका नितिगत व्यवस्था, विद्यालय सहयोग कार्यक्रम, विद्यार्थी सहयोग कार्यक्रम संचालन विधि पद्धति र प्रक्रिया, शिक्षा ऐन नियमावली एवम् स्थानीय तहबाट विव्यस र शिअसलाई तोकिएका काम कर्तव्य र अधिकार, विद्यालयमा हुने शिक्षण सिकाइ क्रियाकलाप, विद्यालय शिक्षण सिकाइ सुधारमा विव्यस र शिअसको भूमिका, विद्यालय सामाजिक परिक्षण, विद्यालय सुधार योजना, आचारसंहिता विकास, कार्यान्वयन, बैठक संचालन र कार्ययोजना लगायतका विषयमा छलफल भएको थियो ।

No description available.

दुई दिन सम्म चलेको क्षमता विकास तालिमले धेरैले कुरा सिकाइ भएको माध्यामिक विद्यालय फल्कापुरका विव्यस अध्यक्ष देवानजंग चौधरीले बताउनु भयो । तालिममा सिकेका कुरालाई विद्यालयमा लागू गर्ने उहाँको भनाई छ ।

त्यस्तै बाल जनता माध्यामिक विद्यालय वनगाउँका विव्यस अध्यक्ष पप्पु डाँङीले तालिममा धेरै कुरा सिक्न पाएको भन्दै आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो ।

No description available.

जेठ १७ र १८ गते दुई दिन सम्म चलेको कार्यशाला को प्रशिक्षकमा लमही नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्री, शिक्षा अधिकृत भवानी गिरी र राप्ती गाउँपालिकाका शिक्षा अधिकृत वासुदेव खनाल रहनु भएको थियो । लमही नगरपालिका भित्र रहेका २७ वटा सामुदायिक विद्यालयका विव्यस र शिअसका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्