गोरखा स्कुल तथा स्वर्णिम क्याम्पसले सचेतनामुलक र्‍यालीका साथ मनाए विश्व वातावरण दिवस

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुल र स्वर्णिम देउखुरी क्याम्पस लमहीले संयुक्त रुपमा सचेतना मुलक र्याली सहित विश्व वातावरण दिवस मनाएका छन । डिभिजन वन कार्यालय दाङ देउखुरी, प्रकृति मानव जन अभियान नेपाल नामक संस्थासंग सहकार्य गरेर विद्यालयले यो कार्यक्रम मनाएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको र्याली सहित लमहीको जैविक विविधता पार्कमा पुगेर वृक्षारोपण गरिएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिनु भयो। बिग्रदो वातावरणलाई जोगाउनका निमित्त सबैले हातेमालो गर्न अहिलेको आवश्यकता भएको प्राचार्य रिजालको ठहर छ ।

गोरखा मोडेल सेकेण्डरी स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा नित्या गैरेले वातावरणमा आएको प्रतिकुल असरले गर्दा समयमा पानी पर्न नसक्नु, दिनानुदिन गर्मि बढ्दै जानु जस्ता भयानक समस्या आएको बताउनु भयो। सबैले समयमै ख्याल गर्न सकिएन भने अझै जटिल समस्यासंग जुध्नु पर्ने बाध्यता आउन सक्ने उहाँको भनाई छ ।

त्यस्तै गोरखा मोडेल स्कुलमा ब्रिज कोर्स अध्ययन गर्न आएका शरद केसीले वातावरण रहे मात्र प्राणी रहने भन्दै आजैबाट वातावरणलाई जोगाउन पहल थालिनु पर्ने बताउनु भयो । वातावरण जोगाउनका लागि प्लाष्टिकबाट बनेका कुनै पनि सामान प्रयोग गर्न नहुने उहाँले बताउनु भयो । प्लाष्टिक जन्य सामाग्रीलाई नगरपालिकामा निस्तेज गर्न जरुरी रहेको बताउनु भयो ।

वातावरण प्रदुषण हुनबाट रोक्न विभिन्न खाले सचेतना मुलक प्लेकार्ड सहित गोरखा मोडेल सेकेण्डरी स्कुल, स्वर्णिम देउखुरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको र्याली निकालिएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्