नगरबासीलाई सुरक्षित राख्नु हाम्रो दायित्व – नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ असार २०८०, आईतवार
3 Min Read
Aa

दाङ  – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बजार क्षेत्रलाई सुरक्षित राखेर सहयोग गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नु भएको छ । आज आफ्नै कार्यकक्षमा आयोजित सिसि क्यामरा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चौधरीले नगरबासीको सुरक्षा गर्नु जनप्रतिनिधि र सुरक्षाकर्मी दुबैको दायित्व भएको बताउनु भयो ।

नगर प्रमुख चौधरीले वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई लमही बजारको अति संवेदनशील क्षेत्रको पहिचान गरेर सिसि क्यामरा जडान गर्न आग्रह गर्नु भएको छ । जनताको सेवा गर्नु प्रहरी र जनप्रतिनिधिको दायित्व भएका कारण हामीले प्रहरीसंग सहकार्य गरेका छौं, आशा छ यो सहकार्य निरन्तर रहने छ र जनताले सेवाको अनुभूति गर्नेछन’– नगर प्रमुख चौधरीले भन्नु भयो ।

त्यस्तै उपप्रमुख लक्ष्मी योगीले सम्पूर्ण नगरबासीको सुरक्षामा खटिंदा के सहयोग चाहिन्छ लमही नगरपालिका समन्वय गर्न तयार रहेको बताउनु भयो । वडा प्रहरी कार्यालय लमहीलाई सिसि क्यामरा प्रदान गर्दै उपप्रमुख योगीले अपराध न्यूनीकरणमा महत्वपुर्ण भूमिका खेल्ने कुरामा विश्वास व्यक्त गर्नु भयो । हरेक समयमा प्रहरीको आवश्यकता रहने हुँदा जनता र प्रहरीको पनि एक आपसमा समन्वय हुन् जरुरि रहेको उपप्रमुख योगीले बताउनु भयो ।

लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमहीलाई तेह्र वटा सिसि क्यामरा हस्तान्तरण गरेको छ । आज आइतबार नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

सिसिस क्यामरा ग्रहण गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले लमही क्षेत्रमा हुने कुनै पनि अपराधिक गतिविधिमा सम्झौता नहुने बताउनु भयो । कानूनले वर्जित गरेका क्रियाकलामा सहभागी हुने जोको पनि कारबाहीको भागीदार हुने बताउनु भयो ।

वडा प्रहरी कार्यालयलाई आज प्रदान गरिएको सिसि क्यामराको सहायताले लमही बजारमा हुने चोरी तस्करी जस्ता अपराध नियन्त्रण हुने विश्वास गरिएको छ । ’यस अघि पनि नगरपालिकाले बजारका ३ स्थानमा सिसि क्यामरा जडान गरेको थियो, ति सिसि क्यामराको तार चुडिएकोले तत्कालका लागि बन्द छन्, अब नयाँ सिसि क्यामरा जडान गर्दा ति पुराना क्यामराको पनि मर्मत गरिने लमही नगरपालिकाका सुचना अधिकृत नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

नगरपालिकाले यो पटक झन्डै ९ लाख बढी वजेटबाट तेह्र वटा सिसि क्यामरा खरिद गरि वडा प्रहरी कार्यालयको जिम्मा लगाएको छ । लमही बजारमा प्रहरीको सक्रियता र सिसि क्यामराका कारण केहि महिना यता चोरीका घटनामा कमि आएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्