दाङ – लमही नगरपालिकाले नीति तथा कार्यक्रम संगै आर्थिक बर्ष २०८०÷०८१ को लागी ८५ करोड बढीको वजेट प्रस्तुत गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको वजेट प्रस्तुत गर्नु भयो ।
खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ । लोपन्मुख, अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागी स्नातक सम्म शिक्षालाई क्रमस निःशुल्क पठनपाठनको व्यवस्थाप मिलाइने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागी एमविविएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दहरुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।
त्यस्तै राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागी ६१ करोड बढी बजेट प्रस्तुत गरेको छ । गाउँ सभाको बैठकमा उपाध्यक्ष धनपतीदेवी यादवले ६१ करोड १८ लाख ९८ हजार ७ सय ८५ रुपैयाँको बजेट प्रस्तुत गर्नु भयो । चालु तर्फ ४४ करोड ९५ लाख ३६ हजार ७ सय ८९ र पुँजीगत तर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक विकास तर्फ ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
त्यसैगरी गढवा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागी ६३ करोड भन्दा बढीको वजेट ल्याएको छ । ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँको वजेट पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले प्रस्तुत गर्नु भएको छ । गढवा गाउँपालिकाले पशु पंक्षी, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ ।
राप्ती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि ६५ करोड ७६ लाख बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ ।
जसमा चालु आर्थिक बर्षको कुल बजेट ७० करोड ३ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेर ६५ करोड ७६ लाखको नयाँ बजेट आएको हो । जस अन्तरगत आगमी आर्थिक बर्षको चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।
जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड ५१ लाख, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ९५ लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको २ करोड ६८ लाख, प्रदेश सरकारको ३ करोड ८६ लाख र पालिको २६ करोड ७२ लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्