दाङ – तीज गीत ‘मोहनी लगायौ कानको झुम्काले’ बोलको गीत बजारमा आएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवशर पारेर गायक तथा शब्द संकलक तिलक रामदामको प्रस्तुति रहेको यो गीतमा जय देवकोटा र विष्णु परियारको आवाज रहेको छ । एरेन्ज संजय श्रीपालको रहेको छ भने गीतको शब्द र संगीत गीतकार रामदाम आफैले गर्नु भएको छ । कलाकार अस्विन मगर र रुविना अधिकारीको गज्जबको अभिनय रहेको छ ।
नवलपुर बुलिङटार गाउँपालिका थामबेसिमा जन्मेका रामदाम शब्द लेखन, गायन र अभिनयमा दक्खल राख्न सक्ने युवा कलाकार हुनुहुन्छ । रोजगारको शिलशिलामा यतिबेला रामदाम नेपाल बाहिर हुनुहुन्छ। यस अघि पनि थुप्रै गीत सार्वजनिक गरि सक्नु भएको छ ।
गएको वर्ष ‘चकलेटी हिरो’ बोलको गीत ल्याउनु भएका रामदामले यो पटक भने केहि फरक सिर्जना स्रोता दर्शक सामु ल्याएको बताउनु हुन्छ । श्रीमान/श्रीमतीविचमा अगाध माया प्रेम भएपनि शंका/ उपशंका उत्पन्न भएका कुराहरुलाई गीतकार रामदामले शब्द मार्फत उतार्न खोज्नु भएको छ । गीतमा काले र कालीलाई मुख्य पात्र बनाएर देखाउन खोजिएको छ ।
आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको छ । अन्य गीत जस्तै यो पटकको तीज गीतलाई माया गरि दिनका लागि उहाँले स्रोता दर्शकलाई हार्दिकताका साथ अनुरोध गर्नु भएको छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्