दाङ – दाङको उर्वर भूमिमा जन्मेका कुशल सर्जक अमर दर्लामी मगरको लोक आधुनिक गीत ‘मुग्लान’ सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार मात्र कला सुप्तिहाङ राई युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दर्लामीकाे शब्द सङ्गीतमा तयार भएको गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने रबिन राई र अस्मिता योन्जनको बेजोड अभिनय रहेको छ ।
गीतमा स्वदेश तथा विदेशमा रहेका प्रेमीहरूको साँचो माया दर्साउँदै धन पैसाको लागि बिदेसिएकाहरूको पीडा अनि स्वदेशमा कुरेर बस्नेहरूको पीडा र विदेशमा पनि धन कमाउन सजिलो नरहेको भन्ने कुरा गीतमा झल्काउन खोजिएको छ ।
गीतको म्युजिक एरेन्ज कमल रानाको हो भने कथा लेखन कला सुप्तिहाङ राईले गरेका हुन् । गीतलाई ‘कला सुप्तिहाङ राई’ युटुव च्यानल बाट हेर्न सकिने छ । यसभन्दा पहिले पनि अमर दर्लामी मगरका अन्य गीतहरू रगत नशाले, मरे नि म त लौ, मुनामदन, समर्पण आदि गीतहरू रिलिज भैसकेका छन् ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक खोल्नु होला ।

प्रतिक्रिया दिनुहोस्