दाङको लमही महोत्सवमा गायक कुलेन्द्र विश्वकर्मासंगै झुमे दर्शक

दाङ समाचार
दाङ समाचार १० माघ २०८०, बुधबार
3 Min Read
Aa

दाङ – लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मासंगै दर्शकहरु आज बिहिवार लमही महोत्सवमा छमछमी नाचेका छन ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा बुधबार छैठौं दिन कुलेन्द्रले आफ्ना विभिन्न प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । कुलेन्द्रले २०७५ सालमा चर्चामा रहेको लोकगीत सालको पात टपरी हुने हे बरै नहुने सल्लैको, बाटो छेकेर, जिम्मल बाउको छोरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेंरीमा सहित विभिन्न गीत गाउँदा दर्शकहरू नाचेका थिए।

गायक विश्वकर्मा सँगै गायिका रिता केसी, राजेश बर्देवा र गायक तथा उद्घोषक दिपक खड्काले आ-आफ्नो गीत मार्फत दर्शकहरूलाई नचाएका थिए । त्यसैगरी गायिका प्रभा राई, मोडेलहरू बविता बोहोरा, टिका जैशी, नृत्य सँगै पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति रहेको थियो । त्यस्तै भोली माघ ११ गते बिहीबार चर्चित गायिका एलिना चौहान आउने भएकी छन् । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान सँगै मोडेल बिजय पुन, अस्मिता रनपालको प्रस्तुती रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्