दाङ – गढवा गाउँपालिका-३ खैरेनीका २४ वर्षीय युवा पुष्प व्यवसायी टेकेन्द्र राज रावतको बारीभरी ढकमक्क सयपत्री फुलहरु फुलेका छन् । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गरेर गरिएको यो पुष्प खेतिका फुलहरु यतिबेला ग्राहकको पर्खाईमा छन ।
हरेक वर्ष जस्तै यो वर्ष पनि दाङका धेरै जसो स्थानमा पुष्प व्यवसायीहरुले सयपत्री फुलको खेति गरेका छन । यसैविच गढवा गाउँपालिका-३ खैरेनीका युवा फुल व्यवसायी टेकेन्द्र राज रावतले यो वर्ष ९ कट्ठा जमिनमा सयपत्री फुलको खेति गर्नु भएको छ । रावतले अघिल्लो वर्ष अढाई कट्ठामा यो खेति गर्नु भएको थियो भने यो वर्ष ९ कट्ठामा गरेको जानकारी दिनु भयो ।
गढवा गाउँपालिका-३ खैरेनीका २४ वर्षीय युवा पुष्प व्यवसायी टेकेन्द्र राज रावत कृषि विषय अध्ययन गरेर यो पेशामा लागेको बताउनु हुन्छ । यस्ता पेशामा लाग्न विषयगत ज्ञान सीप हुने पर्ने उहाँको तर्क छ । प्राविधिक कुराहरुको ज्ञान नभईकन यो पेशा गर्न गाह्रो छ, सबै कुराको ज्ञान हाँसिल गरेर गर्दा राम्रो हुन्छ’- उहाँले भन्नु भयो ।
उहाँले स्थानीय बजारबाट कर्मा ५५५ प्रजातिको बिउ खरिद गरि आफैले बिरुवा उत्पादन गर्नु भएको हो । बिरुवा रोपेको ४ महिनामै सयपत्री फुल बेच्नका लागि तयारि भएको उहाँले बताउनु भयो ।
अघिल्लो वर्ष अढाई कट्ठामा पुष्प खेति गरेको थिए, करिब एक लाख बराबरको कारोबार गरे, गरे हुने रहेछ भनेर यो वर्ष ९ कठ्ठामा लगाएको छु’- लगभग तेह्र क्विन्टलको अनुमान गरेको छु’- रावतले भन्नु भयो । अघिल्लो वर्ष को तिहारमा डेढ क्विन्टल जति फुल बुटवल पठाएको र बाँकी दाङ जिल्लामै खपत भएको उहाँको भनाई छ ।
यो वर्षका लागि पनि सयपत्रीका फुलहरु तयारि अवस्थामा छन्, अब विक्री गर्ने हो, मैले होलसेलमा लैजाने र फुटकरमा लैजाने ग्राहकका लागि फरक फरक रेट गरेको छु, होलसेलमा लैजानेलाई तीन सय रुपैयाँ प्रतिकिलो, फुटकरमा लैजानेलाई भने साढे तीन देखि चारसय रुपैयाँ प्रतिकिलोमा बेच्ने मनसाय बनाएको छु’- व्यवसायी रावतले भन्नु भयो ।
कलिलो उमेरमै व्यवसायीक रुपमा कृषि पेशा अंगालेर रावतले दैनिक जसो बिदेसिने युवा पिढीलाई गर्न सके नेपालमै राम्रो व्यवसायी बन्न सकिन्छ भन्ने गतिलो उदाहरण दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्