भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ पुष २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना) को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।

मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो । एक महिना भित्र इण्डियन नेवीको डुंगा दुर्घटना भएको यो द‍ोस्रोपटक हो । अघिल्लो पटकको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्