कमलसिंह ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफ २ विकेटले विजय

दाङ समाचार
दाङ समाचार २९ फाल्गुन २०८१, बिहीबार
4 Min Read
Aa

दाङ – लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटकाे जित दर्ता गर्याे ।

बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएकाे १६९ रनकाे लक्ष्य एपीएफले ३६ दशमलव ५ अाेभरमा ८ विकेटकाे क्षतिमा पूरा गर्याे । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छ्क्का प्रहार गरे ।

उनले ३ छक्काकाे सहयाेगमा अविजित २८ रन बनाए । समान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दवावमा परेकाे एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै जित दिलाए ।

३१ अाैँ अाेभरमा हरिशंकर साहकाे बलमा कमलसिंह ऐरीले लगातार दुई छक्का प्रहार गर्दै मधेश प्रदेशलाई दबाब सिर्जना गरेका थिए ।

७९ बल अगावै जित हासिल गरेकाेे एपीएफका लागि २१ रन बनाउँदा तेस्रो अाेभरमा लाेकेश बमलाई १८ रनमा गुमाएको एपीएफले अासिफ शेखलाई पनि उनको ३४ रनमा गुमाएको थियाे ।

कमल गुप्ताले अाफ्नाे कसिलाे बलिङमा कप्तान राेहित पाैडेल १८ रनमा, दीपक बाेहरा डकअाउटकाे सिकार भए । सुमित महर्जनले ३५ रनकाे याेगदान दिँदै टीमलाई जीतकाे अाधार तयार पारे । अमरसिंह राैतेलाले १६ रन बनाउँदै प्रदीप पासवानकाे बलमा बाेल्डअाउट भए ।

मधेश प्रदेशका कमल गुप्ताले १० अाेभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १-१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेकाे मधेश प्रदेशले निर्धारित ५० अाेभरकाे खेलमा ४० दशमलव ४ अाभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएकाे थियाे ।

मधेशले शुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएकाे थियाे ।

मधेशका कप्तान अनिल कुमार साह र मयन यादवले ३१ रन बनाएर खेलीरहेकाे बेला भुवन कार्कीकाे बलमा मयन बाेल्ड अाउट भएपछि मधेशकाे विकेट पतन शुरु भएको थियाे ।

यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए । ५ छक्का र ८ चाैकासहित ७७ रन बनाएर ३४ अाैँ अाेभरमा कमलसिंह ऐरीले बाेल्ड गर्दै पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरकाे दवावमा खेले।

३४ अाैँ अाेभरमा कमलसिंह ऐेरीले पवन र दिनेश दासलाई अाउट गरेपछि एपीएफले विशाल रन हुन राेकेकाे थियाे ।

मधेसका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०-१० रन बनाउँदा अरु खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । १६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ अाेभरमा ५५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए ।

यसैगरी, भुवन कार्की, कप्तान राेहित पाैडेलले समान २-२ विकेट लिदा अभिशेष गाैतमले १ विकेट लिए । प्रतियोगितामा बलिङ तथा ब्याटिङ अलराउण्डर प्रदर्शन गरेका कमलसिंह ऐरी प्लेषर अफ द म्याच भए ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् ।

हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

जारी प्रतियोगितामा बिहीबारकाे जितसँगै एपीएफ क्लब अंक तालिमको शीर्ष स्थानमा उक्लिएकाे छ भने मधेश प्रदेश चाैथाे स्थानमा छ । पत्रकार छवि पुरीको सहयोगमा 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्