दाङ – विभागीय टाेली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेश टीमलाई २१८ रनकाे विजयी लक्ष्य दिएकाे छ ।
दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै अाेभर खेलेर २१७ रन जाेड्याे ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा त्रिभुवन अार्मीका भीम सार्कीले सर्वाधिक ८९ रन जाेडे । १२६ बलकाे सामना गरेका भीमले ४ चाैकासहित ८९ रन बनाउँदै पवन सर्राफकाे बलमा एलबीडब्लू आउट भए । अर्धशतक पूरा गर्न उनले ८० बल खेले ।
पहिलाे पावर प्लेमा १ विकेटकाे क्षतिमा ३९ रन जाेडेकाे अार्मीले दाेस्राे पावर प्लेमा पुग्दा थप ३ विकेटको क्षतिमा ११३ रन जाेडेकाे थियाे ।
अन्तिम पावर प्लेमा ६५ रन जाेडेकाे अार्मीले ३ विकेट गुमाएकाे थियाे । अार्मीका लागि तृतराज दासले २४ बलमा ३ चाैकासहित १४ रन, सन्ताेष कार्कीले ५८ बलमा ३ चाैकासहित ३३ रन जाेडे । कप्तान विनाेद भण्डारी २७ बलमा ११ रन बनाएर कमल गुप्ताको बलमा एब्लीडब्लु अाउट भए । साेमपाल कामी १ रनमा अनिल साहकाे हातबाट लङअनका क्याच अाउट भए । बसिर अहमद २२ बलमा १० रन, विवेक यादव २१ बलमा १६ रन जाेडेर पेभेलियन फर्किए ।
कुशल मल्लले २० बलमा २ छक्कासहित २४ रनमा अविजित रहँदा नरेन साउद पनि ५ बलमा १ चाैकासहित ८ रनमा नटअाउट रहे ।
बलिङ तर्फ मधेशका रुपेश सिंहले ७ अाेभरमा १ मेडनसहित ३९ रन दिएर २ विकेट लिए । कमल गुप्ताले १० अाेभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । पवन सर्राफले पनि ५ अाेभरमा २२ रन खर्चेर २ विकेट लि।
रञ्जित कुमारले १० अाेभरमा १ मेडनसहित ५२ रन दिएर १ विकेट लिए ।
२१८ रनकाे विजयी लक्ष्य पछ्याउन मधेश प्रदेशले कहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र सातौँ स्थानमा रहेको मधेश प्रदेश प्रदेश टीम बीच खेल भईरहेकाे छ ।
अहिलेसम्म ५ खेल खेलीसकेको आर्मी अपराजित रहँदै १० अंकका साथ दोस्रो स्थानमा रहँदा ४ खेल खेलीसकेको मधेश प्रदेश १ खेलमा जीत र ३ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ ।
आजको खेलमा आर्मीले मधेश विरुद्ध जीत निकाल्दै शीर्ष दुईमा कायम रहन चाहन्छ भने मधेश प्रदेशले लगातारको हारको नतिजा उल्टाउँदै आर्मी विरुद्ध जीत निकाल्दै अंक तालिकामा पनि सुधार गर्न चाहन्छ ।
जारी प्रतियोगितामा आर्मीले वाग्मतीलाई १३४ रन, सुदूरपश्चिमलाई ८ विकेट, कर्णालीलाई १२७ रन, कोशीलाई ७ विकेट र एपीएफ क्लबलाई ३ विकेटले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेश विरुद्ध १६५ रनले जित्दा बाँकी ३ खेलमा हार व्यहोरेको छ । मधेशले एपीएफसँग २ विकेट, पुलिस क्लबसँग १९३ रन र लुम्बिनी प्रदेशसँग ८३ रनको हार व्यहोरेको छ ।
लुम्बिनी प्रदेशको कप्तानी अनुभवी खेलाडी विनोद भण्डारीले सम्हालेका छन् भने मधेश प्रदेश प्रदेशको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याटर तथा गत संस्करणको पिएम कपबाट कम ब्याक गरेका अनुभवी खेलाडी अनिलकुमार साहले सम्हालेका छन् ।
आर्मीका लागि भण्डारीसँगै सोमपाल कामी, कुशल मल्ल, तृतराज दास, आकाश चन्द, साहब आलम, बसिर अहमद, नरेन साउद, सन्तोष कार्की, भीम सार्की, विवेक यादवलगायत खेलाडी छन् ।
मधेश प्रदेशमा कप्तान साहसँगै दीपेश दास, रुपेश सिंह, विशाल पटेल, हरिशंकर शाह, रोशन बिक, मयन यादव, पवन सर्राफ, निखिल सिंह, कमल गुप्ता, रञ्जित कुमार, राजेश यादवलगायत खेलाडी छन् ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा मंगलबारसम्म २५ वटा खेल भईसकेका छन् । पत्रकार छवि पुरीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्