सांग्रिला डेभलपमेन्ट बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार ६ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – विश्व मुद्रा सप्ताह २०२५ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैक लिमिटेड गढवा र लमही शाखाले गढवा गाउँपालिका – ६ स्थित बुद्ध ज्योति बोर्डिङ्ग स्कुलमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बचत, ऋण, रेमिटान्स र बिमाको बारेमा जानकारी गराइएको थियो । साथै सांग्रिला बैंकले दिने सेवा सुविधा अन्तर्गत बचत, ऋण तथा डिजिटल बैकिङ्ग सम्बन्धी बैंकका गढवा शाखाका शाखा प्रबन्धक तेज बहादुर नेपालीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागी हुनु भएका बैकका उप क्षेत्रीय प्रबन्धक आश कुमार जरेजुले कार्यक्रमको बारेमा अझ प्रकाश पार्नु भएको थियो भने बुद्ध ज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल थानेश्वर न्यौपानेले विद्यार्थीलाई यो वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रहेको जानकारी गराउदैे कार्यक्रमको सफलताको शुभकामना सहित धन्यवाद प्रकट गर्नु भएको थियो ।

सहभागी खालिफ खान र निशा खड्काले कार्यक्रमबाट धेरै नयाँ कुरा जान्ने अवसर पाएको साथै जीवनउपयोगीर ब्यवहारिक ज्ञानका कुराहरु सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।

कार्यक्रमको प्रशिक्षकको भुमिका सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखाका शाखा प्रबन्धक तेज बहादुर नेपालीले गर्नुभएको थियो भने प्राविधिक सहयोग उक्त बैंकका गढवा शाखाका कर्जा प्रमुख देव नारायण चौधरीले गर्नु भएको थियो । सहजीकरण लमही शाखाका कर्जा प्रमुख शैलेज चौधरीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्