दाङ – देउखुरी बैंकर्सले`ग्लोबल मनी वीक २०२५´को अवसरमा शुक्रबार प्रभातफेरीकाे आयाेजना गरेकाेे छ । वित्तीय साक्षरताकाे महत्व दर्शाउँदै गरिएको उक्त प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, विद्यार्थी, स्थानीय संघसंस्था तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त अवसरमा वक्ताहरूले बचत, लगानी र वित्तीय योजना सम्बन्धी सचेतना अभिवृद्धि गर्दै युवाहरूलाई आर्थिक रूपमा जिम्मेवार बन्न प्रेरित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताएका छन् । आयोजक संस्थाले आगामी दिनहरूमा पनि वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
देउखुरी बैंकर्सका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैंक गढवाका शाखा प्रवन्धक तेजबहादुर नेपालीकाे अध्यक्षतामा भएको कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक उपक्षेत्रीय प्रवन्धक आशकुमार जरेजु, माछापुच्छ्रे बैंक लमहीका शाखा प्रबन्ध दिनेश बाेहाेरा, देउखुरी लघुवित्त कर्मचारी मञ्चका प्रतिनिधि नवराज महरा, देउखुरी सहकारी क्लबका अध्यक्ष अर्पणा शाह, लमही जेसिज अध्यक्ष रामदिन चाैधरी सम्बाेधन गरेका थिए ।
कार्यक्रम लमहीकाे बसपार्कबाट सुरू भइ विभिन्न भागकाे परिक्रमागरी समापन भएको थियो । सहभागीहरूले वित्तीय शिक्षाको महत्वबारे सचेतना फैलाउने नाराहरु लेखिएका प्ले कार्ड बाेकेका थिए । कार्यक्रमको सहजीकरण सचिव देव बहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्