कोइलाबासमा सहकारी बजार सञ्चालनलाई निरन्तरता

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

आलोक भावुक

दाङ – गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गढवा गाउँपालिका – ८ कोइलाबासमा सहकारी तरकारी बजार सञ्चालनलाई निरन्तरता दिएको छ ।

प्रत्येक आइतबार र बुधबार लाग्ने यस सहकारी बजारमा नेपालको सिमानाका कोइलाबास, खबरी नाका, मुसी नाका साथै भारतसँग सीमा जोडिएका नजिकका बजारहरू बालापुर, तुलसीपुर लगायतका स्थानबाट पनि भारतीय नागरिक र व्यापारीहरू तरकारी खरिदका लागि आउने गरेका छन्।

बजार विस्तारको ठूलो सम्भावना रहेको कोइलाबासमा बजार लाग्ने दिनमा खाध्यान्न, लत्ता–कपडा तथा खाजा–नास्ताका पसलहरूको समेत माग रहेकाले सम्बन्धित व्यापारी तथा व्यवसायी महानुभावहरूलाई आफ्ना पसल सहित उपस्थित भई सहकार्य गर्न आग्रह गरिएको छ।

भारतीय बजारबाट तरकारी र खाध्यान्न ल्याउँदा सीमा क्षेत्रमा हुने ज्यादतीबाट मुक्त भएकोमा स्थानीयवासीले खुशी व्यक्त गरेका छन्।
बजारलाई निरन्तर सञ्चालन गर्नुपर्ने स्थानीयको माग यथावत रहेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्