दाङ – कारितास नेपालले जलवायु उत्थानशिलता, विपद् पूर्वतयारी, पूर्वानुमानमा आधारित कार्य तथा प्रारम्भिक पुनर्लाभलाई लक्ष्य बनाएर सञ्चालित ‘प्रिपेयर’ परियोजना अन्तर्गत लमही नगरपालिकाका करिब २ सय कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।
भौचर प्रणालीमार्फत सामाग्री वितरण गरिएको कार्यक्रमबारे जानकारी दिँदै कारितास नेपालका कृषि प्राविधिक बासुदेव पोख्रेलले परियोजनाको अवधिभर कृषक समूहले १३ हजार रुपैयाँ बराबरको कृषि सामाग्री प्राप्त गर्ने बताए। उनले परियोजनाले जैविक उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो ।
सामाग्री वितरण समारोहमा लमही नगरपालिकाकी कार्यबाहक प्रमुख लक्ष्मी योगीले पालिकाको सीमित बजेटका बीच ठूलो सेवा क्षेत्र सम्हाल्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले पालिकाले नपुग्न सकेका क्षेत्र र जनसमूहलाई संस्थामार्फत समेट्न पाएको अवसरप्रति खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा कृषक, जनप्रतिनिधि लगायत सहभागीहरूले आफ्ना धारणा राखेका थिए। कार्यक्रमको बारेमा शुभम पौडेलले जानकारी गराउनु भएको थियो । सामाग्री पाएपछि कृषकहरु खुशी भएका छन ।

प्रतिक्रिया दिनुहोस्