राजस्व कर पुनरावलोकन उपसमितिको बैठक सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका राजस्व कर पुनरावलोकन उपसमितिको बैठक आज मंगलबार सम्पन्न भएको छ । बैठकले साना उद्योगी तथा व्यवसायीहरूसँग सम्बन्धित केही फर्महरूमा गत आर्थिक वर्ष २०८२/०८३ मा कर दरमा असमान वृद्धि भएको गुनासो प्राप्त भएको सन्दर्भमा उक्त विषयलाई गम्भीरतापूर्वक लिएको हो ।

उद्योगी व्यवसायीहरूको सुझाव र चासोलाई मध्यनजर गर्दै कर दर पुनरावलोकनका लागि सम्बन्धित नगरपालिकाको राजस्व पुनरावलोकन समिति समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरिएको उपसमितिले जनाएको छ । साथै आगामी दिनमा नगरपालिकाको करको दायरा विस्तार गर्दा प्रत्येक आर्थिक वर्षमा बढीमा ५ प्रतिशतसम्म मात्र वृद्धि गर्ने गरी सुझाव पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी सिमेन्ट सम्बन्धी फर्मबाट सिमेन्ट बिक्री गर्दा प्रति बोरा ०.२५ पैसा दरले लाग्दै आएको निकासी करका सम्बन्धमा पनि विस्तृत छलफल आवश्यक रहेको ठहर गर्दै उक्त विषयलाई राजस्व पुनरावलोकन समितिमा पेश गर्ने निर्णय गरिएको छ ।

फोहोर व्यवस्थापनका विषयमा उद्योग तथा व्यवसायीहरूले नगरपालिकासँग आवश्यक समन्वय गरेर व्यवस्थित रूपमा कार्य गर्ने सहमति भएको राजस्व शाखा प्रमुख अम्बिका शर्माले जानकारी दिनु भयो ।

बैठकले कर व्यवस्थापनलाई न्यायोचित, पारदर्शी र व्यवसायमैत्री बनाउँदै राजस्व प्रणालीलाई प्रभावकारी बनाउने दिशामा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्