दाङ – विश्व मुद्रा सप्ताह २०२६ (स्मार्ट मनी टक्स) को उपलक्ष्यमा सांग्रिला विकास बैंक लिमिटेड लमही शाखाको आयोजनामा लमही नगरपालिका ७ हसानापुरस्थित अर्जुन माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ६० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत २५ जना दलित, जनजाति तथा अति विपन्न र जेहनदार विद्यार्थीहरूलाई १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री, कपी र कलम वितरण गरिएको थियो ।
बैंकका दाङ उप समूह प्रमुख आस कुमार जरेजुको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ७ की महिला सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक महेश न्यौपाने, शिक्षक भोजराज चौधरी, माधुरी चौधरी लगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रशिक्षण बैंकका लमही शाखाका शाखा प्रबन्धक तेज बहादुर नेपालीले दिएका थिए भने सहजीकरण कर्जा फाँटका कर्मचारी शैलेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्