दाङ – घाेराहीमा रहेको कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आज शनिबार रक्तदान कार्यक्रम गरेको छ । मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनुका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीडित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन । तुल्सिपुर चोकमा रहेको संस्थाद्वारा सञ्चालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा इश्वरी प्रसाद आचार्य, गिरिराज पोख्रेल, तेजबहादुर रावत, ढकराज सुवेदी, शालिकराम खनाल, बालचन्द्र शर्मा, चेतनाथ पाण्डे, सन्तोषकुमार शर्मा रेग्मी, बिमल योगी, सरिता बुढाथोकी, चन्द्रप्रभा पुन मगर, शंकर थापा, ध्रुवराज पौडेल, तुलसीप्रसाद शर्मा, कमल थपलिया, अशोक बञ्जाडे, टिकाराम पौडेल, सन्तोष पौडेल, ज्ञानेश्वर आचार्य, दीपक जी.सी., तिलक के.सी., निवेश खनाल, गणेशसिंह रोका, गुरुप्रसाद पौडेल, गणेश श्रेष्ठ, पुष्करनाथ पौडेल, सन्दीप घिमिरे, टंकप्रसाद सुवेदी, दामोदर पौडेल, दीपक आचार्य, श्रीकान्त अधिकारी र अनिस सुवेदीलगायतले रक्तदान गर्नुभएको थियाे ।
संस्थाले विगत वर्षहरूमा पनि रक्तदान, स्वास्थ्य तथा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दै आएकाे छ । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत सङ्घ दाङका अध्यक्ष बिमलकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियाे । प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाहरूमा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावति भण्डारीले स्वागत मन्तव्यवाट सुरूभएकाे कार्यक्रमकाे सञ्चालन सचिव विमल याेगीले गर्नुभएको थियाे । कार्यक्रममा समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप खनालसहित स्वास्थ्यकर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्