सम्राट सिमेन्ट उद्योग र कर्मचारीबीच सहमति, आन्दोलन स्थगित

दाङ समाचार
दाङ समाचार २१ असार २०८३, आईतवार
1 Min Read
Aa

दाङ – लमहीस्थित सम्राट सिमेन्ट उद्योग व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच विभिन्न मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको सहमतिअनुसार कर्मचारीका सेवा सुविधा, तलब तथा अन्य श्रमसम्बन्धी विषयलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने, श्रम ऐन तथा प्रचलित कानुनअनुसार कर्मचारीको हकहित संरक्षण गर्ने, कार्यस्थलको सुरक्षा र आवश्यक सुविधा सुधार गर्ने तथा आपसी सहकार्य र संवादमार्फत देखिएका समस्या समाधान गर्ने सहमति भएको जनाइएको छ ।

सहमतिपछि कर्मचारीले जारी आन्दोलन स्थगित गर्दै नियमित रूपमा काममा फर्किने तथा उद्योग व्यवस्थापनले सहमतिका बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । सहमतिपत्रमा कम्पनीका प्रतिनिधि, कर्मचारी प्रतिनिधि तथा सरोकारवाला पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्