डोल्पाको जगदुल्लामा जिप दुर्घटना, १ को मृत्यु १३ घाइते

दाङ समाचार
दाङ समाचार २१ असार २०८३, आईतवार
1 Min Read
Aa

दाङ – जिल्ला डोल्पा जगदुल्ला गाउँपालिका ४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन ।
शुक्रबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका ८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ । जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्