दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराहीको निर्वाचन असोज १० मा हुने

दाङ समाचार
दाङ समाचार ३१ असार २०८३, बुधबार
1 Min Read
Aa

दाङ – दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराहीको निर्वाचन असोज १० गते तोकिएको छ । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बुधवार बसेको बैठकले संघको २१ औँ साधारणसभा तथा १८ औँ अधिवेशन भदौ २० गते र चुनाव असोज १० गते तोकेको हो ।

यसैगरी साधारणसभा तथा अधिवेशनका लागि विभिन्न उपसमिति बनाइएको सचिव विकास वलीले जानकारी दिनुभयो । उहाँका अनुसार स्मारिका प्रकाशन समितिको संयोजकमा सचिव विकास वली, विज्ञापन संयोजकमा जगत आचार्य, यसैगरी साधारणसभाको लागि भोजन तथा आवास उपसमिति संयोजक विष्णुप्रसाद रिजाल रहनु भएको छ ।

मञ्च व्यवस्थापन उपसमितिमा संयोजक नोर्बु लामा तामाङ, संघको बृत्त चित्र निर्माण उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ र सदस्यहरुमा उद्योग उपाध्यक्ष ध्रुव कुमार गहतराज, वाणिज्य उपाध्यक्ष लिलाराम खड्का रहनुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्