दाङ – राप्ती फिड्स इन्डस्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लमहीको एक विद्यालयलाई विद्युत् आपूर्तिमा सहजता पुर्याउने उद्देश्यले इन्भर्टर र ब्याट्री सहयोग गरेको छ ।
प्रालिले विद्यालयलाई एक थान इन्भर्टर तथा दुई थान ब्याट्री हस्तान्तरण गरेको हो । प्रालिका अध्यक्ष लिलाराम खनालका अनुसार विद्यालयमा विद्युत् अवरुद्ध हुँदा पनि पठनपाठन तथा प्रशासनिक कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा लमही नगरपालिका ८ का वडा अध्यक्ष उमेश कुमार खड्का, व्यवसायी अजय न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
सहयोग सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक जंग बहादुर चौधरीले राप्ती फिड्स इन्डस्ट्रिज प्रालिप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक कार्य सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय समुदाय र शैक्षिक क्षेत्रप्रति निजी क्षेत्रको यस्तो सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्