प्रधानमन्त्री बालेन शाहको सचिवालयमा २७ जनालाई नियुक्ति भएको खुल्यो पोल

दाङ समाचार
दाङ समाचार ८ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

दाङ – प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएको खुलेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले प्रतिनिधिसभा नियमावली अनुसार सोधेको लिखित प्रश्नको जबाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो ।

प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरहको सेवा-सुविधा पाउने गरी नियुक्ति गरेका छन । साथै राज्यमन्त्री सरहको सुविधा पाउने गरी दुई जनालाई नियुक्ति दिएका छन ।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्री सरहको सुविधा पाइरहेका छन । प्रधानमन्त्री शाहले मन्त्रालय संख्या २२ बाट १८ मा घटाएका थिए, तर आफ्नै सचिवालयमा दुई जनालाई मन्त्री सरह र दुई जनालाई राज्यमन्त्री सरह नियुक्ति दिएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्