दाङ – धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले सरकारसँग वार्तापछि सहमति जुटेपछि आफ्नो अनशन समाप्त गरेका छन । बिहीबारदेखि सुरु भएको अनशनका क्रममा उनका मागका विषयमा छलफल गर्न सरकारी प्रतिनिधिमण्डल शनिबार धनगढी पुगेको थियो ।
वार्ताबाट सहमति भएपछि डा. केसीले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन । अनशन समापनका क्रममा उनले धनगढीस्थित अस्पतालमा बिरामीका कुरुवा रहेका गौमुल गाउँपालिका-२ का चक्रबहादुर धामीको हातबाट जुस ग्रहण गरेका थिए । जुस सेवनसँगै डा. केसीले जारी राखेको आमरण अनशन औपचारिक रूपमा समाप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्