दाङ – लोकप्रिय दोहोरी गायिका गीता भट्टराईको नयाँ गीत ‘नवलपुरे कान्छी’ सार्वजनिक भएको छ । सरोज बिरही कार्कीको शब्द, संगीत, गीता भट्टराई र सरोज बिरहीको स्वर रहेको गीतको भिडियोमा बिना राउत, सागर विश्वकर्माको उत्कृष्ट अभिनय छ ।
रोमान्टिक शैलिको दोहोरी गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायांकन, मिक्सिङ र मास्टरिङ मनोज परियार, कोरियोग्राफी राजाराम सिंखडा, निर्देशन मिलन श्रेष्ठको रहेको छ ।
बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय भट्टराईका यस अगाडीका गीतहरूले पनि सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता बटुली सकेका छ्न्।

प्रतिक्रिया दिनुहोस्