एमाले मुख्य प्रतिस्पर्धी भएपनि सरकार बनायौं, यो निर्वाचन प्रणालीले एकल बहुमत आउँदैन : डा.महत

दाङ समाचार
दाङ समाचार १४ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत आउन नसक्ने बताएका छन । शनिबार नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले भने, ‘मिश्रित निर्वाचन भएको ठाउँमा एउटै पार्टीले बहुमत ल्याउन सैद्धान्तिक रुपमा सम्भव छ । व्यवहारिक रुपमा करीव करीव असम्भव जस्तै छ ।’

‘भारतकै हेर्ने हो भने त्यहाँ हाम्रो जस्तै निर्वाचन प्रणाली भएको भए कुनै पनि हालतमा कसैको पनि बहुमत आउने सम्भावना हुँदैन’, डा.महतले भनेका छन । ‘प्रत्यक्ष हुँदा त गाह्रो भयो । हाम्रो ४० प्रतिशत समानुपातिक हुनाले यस्तो अवस्था छ । अब कि चाहीँ सरकारमै बस्नु भएन’, उनले भने । ‘बहिरै बसिरहने जुन बेलासम्म कुनै बेला आउला भनेर बसिरहनु प¥यो । त्यो गर्दा पनि सम्पूर्ण संयन्त्र झन् कम्युनिस्ट पार्टीहरू छन्’, प्रवक्ता डा.महतले भने ।

‘हाम्रो जस्तो उदार व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्नेभन्दा पनि पार्टीगत रुपमा नियन्त्रणमा विश्वास गर्ने पार्टीहरू महत्वपूर्ण दलहरू भएको अवस्थामा सम्पूर्ण संयन्त्र उनीहरूको हातमा भएपछि हाम्रो लागि झन् कठिन हुँदै जान्छ’, डा.महतले भने । ‘चाहेर नचाहेर पनि हामी पहिला माओवादीसँग गठबन्धन भयो । फेरि त्यो कसरी विघठन भयो ? त्यो पनि तपाईहरूलाई थाहा छ । त्यो अवस्थामा अरु कुनै विकल्प नभएर फेरि हामीले एमालेसँग गठबन्धन गर्‍यौँ’, डा.महतले भने ।

‘उनीहरूको अनुभव पनि राम्रो रहेन । एमालेसँग, माओवादीसँग । हामीलाई नै छोडेर गए । आउने जाने आउने जाने भइराख्यो । यो अवस्थामा एमाले पार्टीसँग मुख्य प्रतिस्पर्धी पार्टी भएपनि उहाँहरूसँग मिलेर हामीले सरकार बनाएको अवस्था छ’, कांग्रेस प्रवक्ता डा.महतले भनेका छन् ।
उनले भने, ‘संयुक्त सरकार, गठबन्धन सरकार भन्नेवित्तिकै सजिलो होइन, सरकार सञ्चालन गर्न । किन भने हाम्रो सोँच्ने तरिका एउटा छ । उहाँहरूको सोँच्ने तरिका अर्को छ ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्