ज्ञानेन्द्र स्वर्णकारको तीज गीत ‘नेता हाम्रा भएनन्’ सार्वजनिक, राजनीतिक विकृतिमाथि व्यंग्य

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० असार २०८२, सोमबार
1 Min Read
Aa

दाङ – लामो समयदेखि निरन्तर रूपमा गीत–संगीतको यात्रामा समर्पित गायक, संगीतकार तथा गीतकार ज्ञानेन्द्र स्वर्णकार यस वर्षको तीजमा नयाँ रचना ‘नेता हाम्रा भएनन्, नेता राम्रा भएनन्’ लिएर दर्शक–स्रोतामाझ आएका छन् ।

सामाजिक चेतनाको सन्देश बोकेको यस गीतले राजनीतिक विकृतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै तीजको भाकालाई जनचेतनाको माध्यम बनाउने प्रयास गरेको छ । नेताहरूको भूमिका र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाउँदै गीतले समाजमा व्याप्त समस्याहरूलाई उजागर गरेको छ ।

गीतमा जनताको दुःख, गरिबी, बलात्कार र नेताहरूको बेवास्तालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत सेवा र सुविधामा देखिएको कमजोरीमाथि गीतले गम्भीर टिप्पणी गरेको छ ।

गीतमा नवगायिका सोमा स्वर्णकारको मिठासपूर्ण स्वर सुन्न सकिन्छ भने गीत तथा संगीत स्वयम् ज्ञानेन्द्र स्वर्णकारकै रहेको छ । नृत्य निर्देशन पोषण भण्डारीले गरेका छन् ।

अभिनयमा ममता गिरी, सुस्मिता सापकोटा र गोमा पौडेलले सशक्त उपस्थिति जनाएका छन् । गोविन्द अनेकको संगीत संयोजन र श्याम श्वेत रसाइलीको मास्टर मिक्सिङले गीतलाई प्राविधिक रूपमा अझ परिस्कृत बनाएको छ ।

उक्त गीत गुड भ्वाइस स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्