बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जाँदै

दाङ समाचार
दाङ समाचार १९ आश्विन २०८३, सोमबार
0 Min Read
Aa

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन आगामी असोज २६ गते भारत जाने भएका छन् । गृह मन्त्रालयका अनुसार अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा रहेका गृहमन्त्री गुरुङले बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा उच्च अधिकारी सहभागी हुने बैठकमा सहभागिता जनाउनेछन् ।

बैठकमा क्षेत्रीय सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्