दाङ – राजपुर गाउँपालिका–३ करङ्गाखोलास्थित खिमा पुनको घरबाट ठूलो परिमाणमा पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घरमा अवैध रूपमा पटका लुकाइछिपाइ राखेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाले संयुक्त रूपमा खानतलासी गर्दा करिब ४ लाख १९ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटका बरामद गरिएको हो ।
पटका सहित ६७ वर्षीय खिमा पुनलाई नियन्त्रणमा लिई विस्फोटक पदार्थसम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्