दाङ– लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले वडा नम्बर ३ का सम्पूर्ण वडाबासीमा शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश व्यक्त गर्दै वडा अध्यक्ष चौधरीले नेपाली समाजका मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएका यी पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र मेलमिलापको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले चाडपर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई थप आत्मीय बनाउँदै सकारात्मक सोच, सहकार्य र सामाजिक एकता अभिवृद्धि गर्न प्रेरणा मिल्ने बताउनुभएको छ ।
साथै, यी पर्वहरूले सम्पूर्ण वडाबासीको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सबैमा सुखद् पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्