दाङ – लमही होटल व्यवसायी समितिको अध्यक्षमा नारायण भुसाल निर्विरोध भुसाल चयन भएका छन् ।
समितिको शुक्रबार सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट भुसाल निर्विरोध अध्यक्षमा चयन भएका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा सुमित्रा बेल्बासे, सचिवमा राजेन्द्र पाण्डे, सहसचिवमा बाबुराम खनाल, कोषाध्यक्षमा श्यामबहादुर कँवुर, सदस्यहरुमा अनिता खनाल, लोकेन्द्रराज खनाल, कुन्नु गुप्ता (हलवाई), शंकर भट्ट, बासुदेव खनाल, सुमित्रा बन्जाडे निर्विरोध चयन भएका छन ।
त्यस्तै एकजनालाई कार्यसमितिको पहिलो बैठकबाट मनोनीत चयन गरि १३ जनाको कार्यसमिति बनाउने समितिले जनाएको छ ।
लमही होटल व्यवसायी समितिका अध्यक्ष हेमन्त पाण्डेको अध्यक्षतथा तथा लुम्बिनी प्रदेशका पर्यटन,ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त भवन करिब २९ लाखमा निर्माण भएको अध्यक्ष भुसालले जानकारी दिए ।
भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले पर्यटकलाई खान बस्नको लागि राम्रो चाजोपाजो र व्यवस्थापन मिलाउने कार्य होटल व्यवसायीहरुको हातमा हुने भएको हुँदा यस समितिलाई मजबुत बनाएर अघि बढ्नु पर्ने बताए ।
आगामी दिनमा लुम्बिनी प्रदेश सरकारले होटल व्यवसायी समितिहरुको हक हित र संरक्षणमा सहयोग हुने गरि अगाडी बढ्ने भन्दै समितिलाई तत्काल १० लाख सहयोग गर्ने प्रतिबद्धता गरे ।
दाङ जिल्लाका विभिन्न स्थानमा गठित होटल व्यवसायी समितिका पदाधिकारी र जिल्ला बाहिरका अन्य होटल व्यवसायी संघ तथा लुम्बिनी प्रदेश संघका अध्यक्ष एवं अन्य होटल व्यवसायी कर्मीको उपस्थितिमा भएको कार्यक्रमको संचालन समितिका सचिव नारायण भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्