“क्षितिज पारी” देखि “नजरबन्दमा” सम्मको यात्रामा “किरण बाबु पुन”

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ असार २०७९, सोमबार
3 Min Read
Aa

दाङ – लोक दोहोरी क्षेत्रमा प्रख्यात नाम हो “किरण बाबु पुन” । वि.सं. २०४७ सालमा सानीभेरी गाउँपालिका वडा नम्बर -६ रुकुम पश्चिमको एक विकट बस्तीमा बुवा नरबहादुर पुन र आमा गंगा पुनको माइला छोराको रुपमा जन्मिएका किरण बाबु २०६३ साल देखि सांगीतिक क्षेत्रमा लागेका थिए।

उनले २०६३ साल तिर आफ्नै लय शब्दमा पहिलो गीत अहिलेकी चर्चित गायिका बिष्णु माझीसंग “पहिलो माया छ यो मनमा” बोलको गीत बजारमा ल्याएका थिए। यो गीतले स्रोताको खास्सै मन जित्न नसकेको गायक पुनको भनाई छ। तर पनि उनले हिम्मत हारेनन । त्यसपछि उनले देशप्रतिको जिम्मेवारी र कर्तव्य समेटिएको अर्को “हामी सेना प्रहरी” बोलको लोक दोहोरी गीत बजारमा ल्याए, फलस्वरूप यो गीतले किरण बाबुलाई न्याय दियो । लाखौँ स्रोताको मनमा बस्न सफल भयो । यहि गीतका कारण किरण बाबुलाई गीत संगीतमा अझै केहि गरौँ गरौँ भन्ने खालको तृष्णा जगाइदियो । हाल सम्म किरण बाबु पुनले हजारौं गीतमा शब्द/ संगीत भरि सकेका छन भने कम्तिमा पनि पन्ध्र सयको हाराहारीमा गीत गाइ सकेका छन ।

उनले गीत संगीतको दौरानमा निकै सृजनाहरु स्रोता माझमा ल्याए कोहि हिट भए कोहि फ्लप भए । त्यसपछि “तिम्रै लागि मर्न बाँकी छ” बोलको गीत बजारमा ल्याए, यो गीतले पनि उनलाई स्थापित गर्न झनै ठुलो भूमिका खेल्यो । त्यसपछि किरण बाबु आफैले लय शब्द गरेको “क्षितिज पारी” बोलको गीतले बजार पिट्यो । यो गीतबाट उनले दाम नाम सबै पाए । “क्षितिज पारी” बोलको गीतले बजारमा एकक्षत्र राज गरेपछि लोक तथा दोहोरी गीतको क्षेत्रमा अहिले सम्म पछी फर्केर हेर्नु नपरेको गायक पुनको दावी छ।

पछिल्लो समय यता अनलाइन लाइभ दोहोरी साँझमा गाइएको “क्षितिज पारी उनको बस्तीमा” बोलको गीत स्रोताले सार्वाधिक रुचाएका छन । साथै अन्य गीतले पनि उतिक्कै चर्चा पाईरहेका छन । लोकप्रिय संगीतकार तथा गायक किरण बाबु पुनद्वारा शब्द/संगीत गरिएको र धेरै आशा गरिएको गीत क्षितिज पारी २ नजरबन्दमा छोटो समयमै श्रोता दर्शकको अपार माया पाउन सफल भएको छ।

नजरबन्दमा गीतमा किरण बाबु पुनको शब्द/संगीत रहेको छ भने किरण बाबु, रामजी खाँण र टीका पुनको आवाज रहेको छ भने एरेन्ज कमल सौराग, रेकर्डिङ्ग सागर पुन र मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् । उक्त गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो।

किरण बाबु पुनकै कथामा तयार गरिएको भिडियोमा लोकप्रिय गायक रामजी खाँण फरक लुक्समा देखा परेका छन् भने सारिका केसीले खाँणलाई साथ दिएकी छन्। गीतको निर्देशन/सम्पादनमा राजकुमार मगर, छायांकनमा करण चैंसिर, मेकअप अनिमेश गुरुङले गरेका छन् ।यो गीत किरण बाबु पुनकै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

यो गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नु होस् 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्