गीत संगीतको माध्यमबाट नेतृत्व तहलाई खबरदारी गर्नु पर्छ – जिल्ला सचिव लम्साल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १४ श्रावण २०७९, शनिबार
3 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले दाङ क्षेत्र नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्सालले गीत संगीतका माध्ययमबाट नेतृत्व तहलाई खबरदारी गर्न साथै गीत संगीतका माध्ययमबाट जनतालाई राम्रो संदेश पुर्याउनका लागि संघले भूमिका खेल्नु पर्ने बताइन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जिल्ला सचिव लम्सालले हरेक समयमा पार्टीका शुभेच्छुक संस्थाहरुको साथ् सहयोग चाहिने भन्दै संघलाई बलियो बनाएर लैजान नव निर्वाचित कार्यसमितिलाई आग्रह गरिन ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले पार्टीले गरेका राम्रा कामलाई गीत संगीतका माध्यम बाट आम जनता सामु पुर्याउनु नेपाल सांस्कृतिक संघको कर्तव्य र दायित्व भएको बताए । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले दूरदराजका बस्तीमा दबिएर रहेका नयाँ कलाकारलाई पनि संघको महत्व बुझाएर समाबेश गराउनु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय कर्ण बहादुर बुढाथोकी र मधु न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रमा बिचार राख्ने सबै कलाकार एकजुट हुनु पर्ने भन्दै एकतामा नै बल हुने भएकोले संगठित भएर लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि कुमार घिमिरे, नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ८ का वडा सभापति, संगीतकार तथा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका सल्लाहकार यादवनाथ योगी, नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य राजेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

देउखुरीमा नेपाल सांस्कृतिक संघ गठन भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकार सभापति रहने गरि तत्कालका लागि नौ जनाको कार्यसमिति गठन गरिएको छ । जस्को उपसभापतिमा फणेश्वर गुप्ता “भुलन”, बसन्ती चौधरी, कोषाध्यक्षमा श्यामसुन्दर चौधरी, सचिवमा प्रिया स्मृती गजमेर, सहसचिवमा राजेन्द्र चौधरी रहेका छन ।

त्यस्तै बिष्णु केसी, हेमन्त चौधरी, रन्जित चौधरी सदस्य रहेका छन । ज्ञानेन्द्र स्वर्णकारको सभापतिमा शनिबार चयन गरेको समितिमा आवश्यकता अनुशार सल्लाहकार, सदस्य थप्न सक्ने नेपाल नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य राजेन्द्र दाहालले जानकारी दिए ।

नेपाल सांस्कृतिक संघ दाङ क्षेत्र नम्बर १ का उपसभापति ज्ञानेन्द्र स्वर्णकारको सभापतित्व एवम् नेपाली काङ्ग्रेस दाङका सचिव बालिका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गरेका थिए ।

कार्यक्रममा गायक, नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ८ का वडा सभापति, संगीतकार तथा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका सल्लाहकार यादवनाथ योगीले स्वागत तथा नेपाल सांस्कृतिक संघका बारेमा प्रकाश पारेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्