मोडल श्याम सुन्दर अभिनित ‘कारी कारी अंखिया’ भिडियो सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ५ निवासी श्याम सुन्दर चौधरीले नेपालकै चर्चित कलाकार मुरलीधरले कम्पोज गरेको ‘कारी कारी अंखिया’ बोलको भोजपुरी गीत स्रोता माझ ल्याएका छन।

उक्त गीतमा मोडलका रुपमा श्याम सुन्दर चौधरी र मोडल मेलिशा योगीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । दाङका सुन्दर र रमणिय ठाउँमा शुटिङ गरिएको उक्त भिडियो ३ लाख लगानीमा बनेको हो । सुन्दर जिउडाल, सरल व्यक्तित्व र भद्र सालिन स्वभाव भएका चौधरीको सानैदेखी मोडल बन्ने इछ्या रहेको बताए ।

रहरले यो क्षेत्रमा तानेपनि अब सांगीतिक यात्रालाई निरन्तरता दिने श्यामको भनाई छ। उनि भन्छन’- सानैदेखिको एउटा सपना पुरा गर्ने जमर्को गरेको छु, हेरौं स्रोताले कत्तिको माया गरि दिनु हुन्छ- त्यो भगवानरुपि स्रोताको हातमा छ’-।

लमहीका युवा व्यवसायी श्याम लमहीमा चिरपरिचित अनुहार हुन । सबैको मनमा बस्न सफल उनी सामाजिक कार्यमा पनि आबद्ध छन। उनको पहिलो भोजपुरी गीत भिडियो सार्वजनिक हुँदा उनी निकै उत्साहित छन । सानै देखिको रहरलाई उनले सांगीतिक क्षेत्रमा भोजपुरी गीतबाट ‘इन्ट्री’ गरेका छन।

भोजपुरी गीत कारी कारी अंखियालाई गायक ज्ञानेन्द्र स्वर्णकारले आवाज दिएका छन । पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला। 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्